मोरङका व्यवसायीले प्राधिकरणलाई भने : बत्ती गइरहने समस्या समाधान गर
काठमाडौं - उद्योग संगठन मोरङ उद्योग व्यवसाय क्ष्ँेत्रमा नियमित विद्युत आपूर्तिमा भईरहेको समस्या समाधान गर्न मोरङका व्यवसायीले नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको छ । प्राधिकरण प्रदेश नं. १ ले आयोजना गरेको छलफल कार्यक्रममा संगठनका अध्यक्ष्ँ सुयश प्याकुरेलले सदस्य उद्योग प्रतिष्ठानहरुका विद्युतसँग सम्वन्धित समस्या प्रस्तुत गरे ।
विद्युत्को अनिमित आपूर्तिले उद्योग प्रतिष्ठानहरुको उत्पादन लागतमा वृद्धि भएको, उत्पादित वस्तुको गुणस्तरमा ह्रँस आएको उनीहरुको गुनासो छ । मिल मेशिनेरीहरुमा बारम्बार समस्या आई सञ्चालन खर्च वृद्धि हुनुका साथै प्रतिष्पर्धात्मक क्ष्ँमता नै ह्रास आईरहेकाले विद्युत्सँग सम्बन्धित नीतिगत र कार्यान्वयनतहका सुझावहरु प्रस्तुत गरे ।
सानो झरी, बर्षा, हावामा समेत संरचना भत्कन गई अत्यधिक पावर कट तथा ट्रिपिङ भईदिनाले मेसिन औजार बिग्रिने, उत्पादन प्रकृया रोकिनुका साथै जेनेरेटरमा भरपर्नुपर्दा उत्पादन लागत बढ्न गएकाले यसको स्थाई समाधान खोज्नुपर्ने व्यवसायीले बताए । विशेषगरी कटहरी क्षेत्रका उद्योगहरु प्रतिष्ठानहरु विद्युतको संचरनागत सुधारको अभावले वढी प्रताडित भएकाले त्यस क्षेत्रको समस्यालाई यथाशिघ्र समाधान गरिनु पर्ने उनीहरुको भनाइ छ ।
कुनै उद्योगले बोइलर प्लान्टबाट उत्पादन गरेको विद्युत उद्योगमा खपत हुन नसकेको अवस्थामा विद्युत प्राधिकरणको प्रशारण लाइनमा पठाई बिक्रि गर्ने व्यवस्था लागु हुन नसक्दा वोईलर प्लान्ट सञ्चालनको खर्च वृद्धि भएको उनीहरुको गुनासो छ । विद्युत् समेत खेर गएको हुदा विद्युत धेरै भएको समय बिक्रि गर्न र अपुग हुदाँ खरिद गर्न सक्ने प्रावधान भएतापनि कार्यान्वयनलाई सरल र सहज गरिनु पर्ने उल्लेख छ ।
विद्युत्को मिटर रिडिङको क्रममा प्राधिकरणको कर्मचारीबाट बिलिङमा त्रुटि भई छुट भएको युनिटलाई पुनः बिलिङ गर्न पाउने व्यवस्था रहेको र यसरी छुट भएकोे युनिटलाई कहिलेसम्म बिलिङ गर्न पाउने स्पष्ट नभएको बताएका छन् । उनीहरुले प्रश्न गरेका छन्, ‘वर्षौंपछि समावेश भई आउदा उपभोक्ता मारमा परेकाले यस्तो छुट भएको युनिटको शुल्क कहिलेसम्म लिन पाइन्छ ?’
विद्युत्को कर्मचारीहरुबाट असावधानीवश भएको त्रुटी उद्योगी÷व्यवसायीलाई थोर्पनु न्यायसंगत हुदैन । तषर्थ यस सम्वन्धमा स्पष्ट प्रावधान हुनुपर्छ र सो को समयसिमा निर्धारित गरिनु पर्ने उल्लेख छ । प्रत्येक महिना मिटर रिडिङ भएको ७ दिन भित्र बिलको रकम बैंक मार्फत जम्मा गरि भौचर प्राधिकरणमा पेश गर्नुपर्ने उल्लेख छ ।

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

प्रतिक्रिया