ब्राजिलका आठ खेलाडीमाथि प्रतिबन्ध
काठमाडौँ- ब्राजिलको राष्ट्रिय टोलीका लागि फुकुवा नगरिएका इंग्लिस प्रिमियर लिग खेल्ने आठ खेलाडीले पाँच दिनका लागि प्रतिबन्ध भोग्ने भएका छन् । ती खेलाडीले अब आ–आफ्ना क्लबबाट सेप्टेम्बर १० देखि १४ भित्र हुने लिग खेलहरूमा सहभागी हुन पाउने छैनन् ।
दक्षिण अमेरिका अन्तगर्तको विश्वकप छनौट खेलहरूका लागि लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी लगायतका ६ क्लबले ब्राजिलियन खेलाडीहरूलाई फुकुवा गरेका थिएनन् । फुकुवा नगर्नुका कारण कोभिड–१९ नियन्त्रणका लागि लगाइएको क्वारिन्टन नियमलाई देखाइएको थियो ।
बेलायत सरकारको नियम अनुसार दक्षिण अमेरिकाबाट फर्कने खेलाडीहरूले १० दिनका लागि क्वारिन्टनमा बस्नुपर्छ । जसकारण ती खेलाडीहरूले इंग्लिस प्रिमियर लिगका केही खेल गुमाउनु पर्ने अवस्था रहन्थ्यो । यसकारण ती क्लबले खेलाडीहरू फुकुवा गर्न मानेनन् ।
तर, अब फिफा नियम अनुसार ती खेलाडीले आ–आफ्ना क्लबका लागि पाँच दिन खेल्न नपाउने भएका हुन् । लिभरपुलका एलिसन बेकर, फाबिन्हो र रोबर्टो फरमिन्हो अनि सिटीका एडरसन र गाब्रियल जेजुस पाँच दिनका लागि प्रतिबन्धमा परेका हुन् । उनीहरूसँगै चेल्सीका थियागो सिल्भा, युनाइटेडका फ्रेड र लिड्स युनाइटेडका रफिन्हाले पनि यस सप्ताहन्त हुने लिगका खेल गुमाउनेछन् ।
यद्यपि एभरटनका रिचारलिसनलाई चाहिँ ब्राजिलले कारबाहीको सिफारिस गरेको छैन । ओलम्पिकका लागि एभर्टनले रिचारलिसनलाई फुकुवा गरेका कारण ब्राजिलले अहिले प्रतिबन्धको सिफारिस नगरेको हो ।
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

प्रतिक्रिया