यादवद्वारा लिखित दुई कृति सार्वजनिक

काठमाडौं : रेखा यादवद्वारा लिखित दुई कृति सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच यादवद्वारा लिखित उपन्यास आत्मजा र कविता संग्रह तुम बिनको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बिमोचन गरेका हुन् ।
उपन्यास आत्मजा नेपाली भाषामा प्रकाशित गरिएको छ भने कविता संग्रह तुम बिन हिन्दी भाषामा प्रकाशित गरिएको छ । कार्यक्रममा अध्यक्ष यादवले समाजको परिवर्तनमा साहित्यको भूमिका अपरिहार्य रहेको बताए ।
वरिष्ठ साहित्यकार तथा युगपुरुष सत्यमोहन जोशीले पनि आत्मजा र तुम बिनको प्रशंसा गरेका छन् । कोभिडका कारण उनी विमोचन कार्यक्रममा उपस्थित हुन नसकेपछि आफ्नो बधाई सन्देश पठाएका थिए ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया