प्रदेश सभामा एमालेलाई ठूलो धक्का, एकीकृत समाजवादी पहिलो पार्टी
स्थानीय तहमा ओलीकै वर्चस्व
कैलाली – नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजनपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न दिएको समयसीमा मंगलबार सकिएको छ । विभाजनले सुदूरपश्चिम प्रदेश सभामा पहिलो दलका रूपमा रहेको एमालेलाई भने ठूलो धक्का लागेको छ ।
२५ सदस्यसहित पहिलो दल रहेको नेकपा एमाले १० सदस्यसहित चौथो दलमा खुम्चिन पुगेको छ । एमाले विभाजनपछि गठन भएको नेकपा एकीकृत समाजवादी दल १४ सदस्यसहित सुदूरपश्चिम प्रदेशसभाकै सबैभन्दा ठूलो दल बन्न पुगेको छ ।
हाल प्रदेशसभामा एमालेमा प्रकाश शाह, हर्कबहादुर कुँवर, रतन थापा, नेपालु चौधरी, पठानसिंह बोहरा, कृष्णराज सुबेदी, अर्चना गहतराज, बलदेब रेग्मी, लिलाधर भट्ट, गेल्बुसिंह बोहरा रहेका छन् । नेकपा एमालेमै रहने भन्दै हिजोमात्रै आर्थिम मामिला मन्त्री रहेका शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिएका छन् ।
यस्तै प्रदेशकै ठूलो दल बनेको नेकाप समाजवादीमा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मना कुमारी साउद, प्रमुख सचेतक दुर्गा विक, पूर्व उद्योग वन तथा वातावरण मन्त्री माया भट्ट, राज्य मन्त्री प्रकाश रावल, पूर्वप्रमुख सचेतक तारा लामा तामाङ, सांसदहरु माया तामाङ बोहरा, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, कुलवीर चौधरी र अमर साउद रहेका छन् ।
यसैगरी ८८ स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा १४ नगरपालिकामा एमाले विजयी भएको थियो । विभाजनपछि १२ नगरपालिकाका प्रमुख एमाले मै रहेका छन् भने २ जनाले नेकपा समाजवादी रोजेका छन् ।
त्यस्तै ८८ स्थानीय तह मध्ये एमालेले १७ नगरपालिकामा उपप्रमुख जितेको थियो । ती मध्ये १३ नगरपालिकामा उपप्रमुखले एमाले रोजेका छन् भने बाँकी ४ नगरपालिकाका उप प्रमुखले नेकपा समाजवादीमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
यसैगरी २८ गाउँपालिकामा एमाले विजयी भएको थियो । ती मध्ये मोहन्याल गाउँपालिकाका अध्यक्षको निधन भएको छ भने २४ गाउँपालिकाका अध्यक्ष एमालेमै रहेका छन् । बाकी ३ गाउँपालिकाका अध्यक्षले नेकपा समाजवादी राजेका छन् । यस्तै एमालेबाट २६ गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकोमा २३ गाउँपालिकाका उपाध्यक्ष एमाले मै रहेका छन् भने ३ गाउँपालिकाका उपाध्यक्षले नेकपा समाजवादीमा सनाखत गरेका छन् ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया