देशभर थपिए ८९९ कोभिड संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा ८ सय ९९ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । पाँच हजार २ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा यती संख्यामा संक्रमण देखिएको हो ।
यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ४७ हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबार देशभर ११ हजार ६ सय ७३ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा १५ जना कोभिड संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार छ सय ८९ जना पुगेको छ ।
मन्त्रालयका अनुसार शनिबार एक हजार ३ सय ५१ जना संक्रमणमुक्त भएका छन् । योसँगै दुई लाख ३४ हजार २ सय ३१ जना संक्रमणमुक्त भएका छन् ।

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्रतिक्रिया