नेटफिलिक्सका ५ अन्य विकल्प

काठमाडौं - तपाई मोबाइलमा विभिन्न फिल्म, वेब सिरिज तथा एनिमेसन हेर्न चाहानुहन्छ तर नेटफिलिक्स सब्सक्रिब्सन गर्नलाई बजेट छैन् भने यहाँ तपाईलाई नेटफिलिक्सका अन्य ५ विकल्पहरू दिएको छ जुनमा तपाई विना खर्च र विना सब्सक्रिब्सन आनन्दले फिल्म तथा वेब सिरिजको मजा लिन सक्नुहन्छ ।
१. पुल्टो टिभी
पुल्टो टिभीमा तपाई बिना खर्चमा विभिन्न फिल्महरू हेर्न सक्नुहुन्छ । यसले तपाईलाई लाइभ अन डिमान्ड टिभी, तथा २५० भन्दा बढी च्यानलहरू प्रदान गर्दछ । यसमा तपाईले आफ्ना परिवारका साथ हेर्न मिल्ने फिल्मको सेक्सन समेत छ । पुल्टो टिभीलाई तपाई आफ्नो टिभीमा समेत डाउनलोड गरेर हेर्न सक्नु हन्छ । पुराना क्लासिक फिल्महरू समेत यसमा राखिएको छ
२. टुवी
टुवीले तपाईलाई हजारौं फिल्म तथा वेब सिरिजहरू प्रदान गर्दछ । यसमा तपाईले चाहेका र फिल्म तथा वेब सिरिजका छुट्टा छुट्टै सेक्सन छन् जसले तपाईलाई थप सहजताका साथ आफूले खोजेका फिल्महरू पाउन सजिलो हुन्छ । होरर, एक्सन तथा अन्य क्याटगोरीका फिल्म समेत यसको लाइबेरीमा पाइन्छ । आफूले चाहेको र आफ्नो रूचि अनुसारको फिल्महरू यसमा पाइन्छ ।
३. एम एक्स प्लेयर
नेपाल तथा भारतमा सर्वाधिक डाउनलोड भएको एप्स हो एम एक्स प्लेयर यसमा प्राय हिन्दी डबिङ गरिएका फिल्म तथा हिन्दी भाषाका वेब सिरिजहरू रहेका छन् । हाल एमएक्स प्लेयरले आफ्नो ओरजिनल वेब सिरिजहरू समेत निर्माण गरेर दिन थालेको छ । यसमा आश्रम तथा मस्तराम जस्ता चर्चित वेब सिरिज हुनाले प्राय धेरैको मोबाइलमा हुने एप्स पर्दछ । केही नेपाली फिल्म समेत एम एक्स प्लेयरमा पाइन्छ । यसमा भएको वेब सिरिजका सिजनको समेत प्रतिक्षा समेत हुने गरेको छ ।
४. फिल्मराइज
फिल्मराइज एक त्यस्तो एप्स हो जुनमा करिब २० हजार भन्दा धेरै फिल्म वेब सिरिज तथा डकुमेन्ट्रीहरू रहेका छन् । यसमा तपाईले अवार्ड जितेका फिल्महरूको लामो लिस्ट समेत पाउनुहनेछ । यसमा तपाई लाइभ कन्सर्ट समेत हेर्न सक्नुहनेछ त्यसैले यो अन्य भन्दा बढी लोकप्रिय एप्स रहको छ । एक्सन फिल्म, कुकिङ, तथा बच्चाहरूको लागि छुट्टै सेक्सन समेत यसमा छ । यसले गर्दा बच्चाहरूलाई समेत यो एप्स उपयोगी हुने छ ।
५. एनबिसी
धेरैजस्तो टेलिभिजन स्टेसनहरूले आफ्ना ग्रहाकहरूलाई सित्तैमा आफ्ना कन्टेन्टहरू दिने गर्छन् त्यसमा एनबिसी पनि पर्दछ । एनबिसीमा तपाईले अन्य ठाँउमा प्राप्त गर्न नसक्नु भएका फिल्महरूसमेत पाउन सक्नुहन्छ । फिल्महरूका साथ साथै एनबिसीले आफ्ना करेन्ट सिजनका कन्टेन्टहरू समेत प्रसारण गर्ने गर्दछ । नेटफिलिक्सको विकल्पको रूपमा समेत यसलाई हेर्न सकिन्छ किनभने यसमा द अफिस, फ्रेन्डस्, द गोल्डेन गर्लस् जस्ता चर्चित सिरिजहरू समेत रहेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया