मुल्ला मोहम्मद हसन अफगानिस्तानका नयाँ प्रधानमन्त्री

काबुल - अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्वमा तालिबान नेता मुल्ला मोहम्मद हसन अखुन्द चयन गरिएको तालिबान समूहले घोषणा गरेको छ ।
समूहका मुख्य प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारको नेतृत्व नेता अखुन्दले गर्ने जानकारी मङ्गलबार पत्रकार सम्मेलनमार्फत् दिएका हुन् ।
अमेरिकी सेनाको नेतृत्वको गठबन्धन सेनाको बहिर्गमन प्रक्रिया सुरू भएसँगै अगस्ट १५ मा तालिबानले देशका प्राय सबै प्रान्तसहित राजधानी काबुल आफ्नो नियन्त्रणमा आएको जनाएको थियो ।
बाँकी एक/दुई दिनमा अन्य मन्त्री र उच्च पदस्थ अधिकारीहरूको चयन भइसक्ने तालिबान नेताहरूले बताएका छन् । अफगानिस्तानमा आफ्नो युद्ध समाप्त भएको जनाएको २४ घण्टाभित्रै तालिबान समूहले अन्तरिम सरकारको नेतृत्व चयन गरेको हो ।
समूहले आफ्नो दलको उपनेतामा तालिबानका सहसंस्थापक अब्दुल गनी बराडरलाई चयन गरेको छ भने अमिर खान मुत्ताकीलाई अन्तरिम विदेशमन्त्रीमा चयन भएका छन् । (रासस)

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया