मुगुका २८ जनप्रतिनिधिले रोजे नेकपा समाजवादी

मुगु - मुगुमा नेकपा एमालेबाट निर्वाचित २८ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी मंगलवार सनाखत गरेका छन् । एमालेका सोरु गाउपालिका उपाध्यक्ष राज्यलक्ष्मी बम मल्ल , जिल्ला समन्वय समितिका सदस्य सहित २६ जना जनप्रतिनिधिले एसमा सनाखत गरेका हुन ।
जसमा छायानाथ रारा नगरपालिका बाट वडा अध्यक्ष १ , दलित महिला सदस्य २ , वडा सदस्य १ , महिला सदस्य १ , र नगर कार्यपालिका सदस्य १ जना गरि ६ जना रहेका छन् । यस्तै सोरु गाउपालिकामा उपाध्यक्ष १ , वडा अध्यक्ष ५ , वडा सदस्य ६ , महिला वडा सदस्य ३ , दलित महिला वडा सदस्य ४ , र गाउकार्यपालिका सदस्य २ जना गरि २१ जनाले एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय मुगुका निमित्त निर्वाचन अधिकृत धनकृष्ण बढुवालले जानकारी दिए ।
उनका अनुसार एक जना जिल्ला समन्वय समितिका सदस्यले पनि एसमा सनाखत गरेका छन् । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय लाई अर्को दलमा सनाखत गर्ने वा स्वतन्त्र बस्छु भनि सनाखत गर्ने जनप्रतिनिधिको नाम, जिम्मेवार लगायत अन्य विवरण सार्वजानिक नगर्न निर्देशन दिए बमोजिम जनप्रतिनिधिको नाम सार्वजानिक नगरिएको बढुवालले बताए ।
उनले मुगुमा जम्मा १ सय २५ जना एमालेका जनप्रतिनिधमध्ये २८ जना जनप्रतिनिधिले एसमा रोजेका हुन् । उता प्रदेशसभा सदस्य क्षेत्र नम्बर ख का सांसद चन्द्र बहादुर शाही र संघियका गोपाल बमले पनि एमाले छाडेर एकीकृत समाजवादीमा सनाखत गरिसकेका छन् ।

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया