स्थायी सरकार परिणाममुखी र निष्पक्ष हुनुपर्छ: मुख्य सचिव
काठमाडौँ - मुख्य सचिव शंकरदास बैरागीले निजामती सेवा (स्थायी सरकार) परिणाम मुखीको साथै निष्पक्ष हुनुपर्ने बताएका छन् । निजामती सेवा दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रम उनले यस्तो धारणा राखेका हुन । नागरिकको सेवाका लागि रहेको निजामती सेवामामा देखिएका समस्यालाई पहिचान गरेर अगाडि बढ्न आवश्यक रहेकाे पनि उनकाे भनाइ छ ।
‘मुलुकका हरेक हत र तप्काले खोजेको नै सुशासन हो । सुशासनको मुल मियो कर्मचारी हुन् । त्यसैले त्यसको प्राप्तिका लागि कर्मचारी सजक र कर्मठ हुनैपर्छ,’ बैरागीले भने, ‘कर्मचारी नागरिकको सहजिकरण गर्दै कानुनले देखाएको बाटोमा अघि बढ्नुपर्छ । यतिबेला जताततै निजामती कर्मचारी आलोचित हुने गरेका छन् त्यो अवस्थालाई चिर्न सक्नुपर्छ । आफै सच्चिएमात्र त्यसो गर्न सकिन्छ ।’
उनले कर्मचारी नै स्थायी संयन्त्र हो भन्दै आफ्नो कामलाई सदाचारिता र इमान्दारिताका साथ गर्न आवश्यक रहेको भन्दै हरेक कर्मचारीले मुलुक र नागरिकलाई सर्वोपरि ठान्नुपर्ने बताए । सेवाग्राही नागरिकलाई परेको मार र भएका ढिलाईसुस्ती प्रति उनले आफ्नै मातहतका सबै निकायका कर्मचारीलाई सच आग्रह समेत गरे । कतिपय विभागमा भएका राम्रा कामको नक्कल कर्मचारीले गर्नपर्ने पनि बताए ।
नागरिक र कर्मचारीबीच खाडल नै सिर्जना भइसकेकाले त्यसलाई हटाउनुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । निजामती सेवा ऐन कार्यान्वयन भएपछि संघ, प्रदेश र स्थानीय तहको दरबन्दी पुनरावलोकन हुने पनि स्पष्ट पारे । नेपालमा यतिबेला १ लाख ३९ हजार १ सय ९८ दरबन्दी तय भएका छन् भने त्यमसा १ लाख ९ हजार ५ सय ८ सेवारत छन् ।
निजामती कर्मचारीको संगठनआधिकारिक ट्रेड युनियनका कार्यवहाक अध्यक्ष भोला पोखरेल लगायतले कार्यक्रममा कर्मचारीलाई प्रोत्साहन हुने र सक्षम बनाउने तर्फ ध्यान दिन सरकारलाई आग्रह गरे । त्यस खालका कार्यक्रम ल्याउन पनि उनले माग गरेका छन्।
कार्यक्रममा मुख्य सचिव बैरागीले २०७६-२०७७ मा घोषणा गरिएका कर्मचारीलाई निजामती सेवा पुरस्कार दिएका थिए । सरकारले प्रत्येक वर्ष एक जनालाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार गर्दै आइरहेको छ । अन्य विविध कार्यक्रम पनि गर्ने गरेका हुन्छन् ।

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रतिक्रिया