१६० आरोहीलाई मनास्लु हिमाल चढ्ने अनुमति
काठमाडाैँ - शरद् ऋतुका याममा मनास्लु ८ हजार १६३ मीटरको उचाइमा रहेको हिमाल आरोहणका लागि आकर्षण देखिएको छ । पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ ।
सोमबारसम्म कञ्चनजङ्घा हिमाल९८,५८६ मी० आरोहण गर्न एक समूहले अनुमति लिएको विभागले जनाएको छ । दुवै हिमालबाट हालसम्म ३१ लाख ४६ हजार सलामी दस्तुर सङ्कलन भएको छ ।
शरद ऋतु पर्वतारोहणका लागि उत्तम मानिन्छ । यो याममा उल्लेख्य सङ्ख्यमा स्वदेशी तथा विदेशी पर्वतारोही आरोहणका लागि निस्कन्छन् । कोभिड–१९ महामारीको जोखिमकाबीच पनि यो याममा स्वदेशी तथा विदेशी आरोहीले आरोहणका लागि अनुमति लिएका छन् ।
अघिल्लो वर्षको सो याममा महामारीकाबीच पनि केही विशिष्ठ विदेशी पाहुनासहित उल्लेख्य सङ्ख्यामा आरोहण भएको विभागले जनाएको छ । अघिल्लो वर्षको यही याममा पनि मनास्लु र अमादब्लम हिमाल आरोहणका लागि धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी गएका थिए । रासस

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया