बैंकका कर्मचारीसँग मिलेर ४२ लाख हिनामिना गर्ने ठेकेदारविरुद्ध मुद्दा

काठमाडौँ – नेपाल बैंकको सर्लाहीस्थित मलंगवा शाखाको ऋण फाँटका सहायकसँगको मिलेमतो गरेर ४२ लाख रुपैयाँ हिनामिना गर्ने ठेकेदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । सर्लाहीको लालवन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको पाइएको थियो ।
नक्कली अग्रिम भुक्तानी जमानत बनाई ४२ लाख रुपैयाँ भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएको आयोगले जानकारी दिएको छ । भवनको निर्माण गर्ने क्रममा लोकबीर बेताली/पाँच कुमारी जेभीका पार्टनरहरू अनिल गुप्ता र शिव नन्दन पासवानसगँको मिलोमतोमा नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार गरेको उल्लेख छ । उनीहरूविरुद्ध काठमाडौँ विशेष अदालतमा मुद्दा दायर भएको आयोगले जानकारी दिएको छ ।

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

प्रतिक्रिया