भाडा बढाउन माग गर्दै यातायात विभागमा धर्ना
काठमाडौँ : सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले भाडा समायोजन लगायत ११ बुँदे माग पुरा नभएको भन्दै यातायात व्यवस्था विभागमा धर्ना दिएको छ । यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग अघि सार्दै महासंघले मंगलबार विभागमा धर्ना दिएको हो । आफुहरुको मागका बिषयमा सरोकारवाला निकायमा जानकारी गराउदा पनि सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउन धर्ना दिइएको महासंघका अध्यक्ष डोलनाथ खनालले बताए ।
अध्यक्ष खनालले कोरोनाले असर गरेको अवधिभरको व्याज मिनाहार र किस्ताको म्याद कम्तीमा दुई बर्ष थप गर्नुपर्ने बताए । उनले यातायात क्षेत्रको सुधार र व्यवस्थापनका लागि प्राधिकरण स्थापना गर्नुपर्ने आफुहरुको माग रहेको जिकिर गरे । वर्तमान सवारी तथा यातायात ऐन र नियमावली २०४९ समयसापेक्ष व्यवसायी सुरक्षित हुनुका साथै यात्रुमैत्री हुनेगरि संशोधन गर्नुपर्ने उनले बताए ।
महासंघले सरकारले आफुहरुको माग पुरा नगरे भाद्र २४ गतदेखि सार्वजनिक सवारीमा भाडा समायोजन गरि लागू गर्ने चेतावनी दिएका छन् ।

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

प्रतिक्रिया