प्रदेश १ मा ओली र दाहाल-नेपाल पक्षका छुट्टाछुट्टै भेला

विराटनगर : सत्तारुढ नेकपामा देखिएको तल्ला तहसम्म पुगेको छ । प्रदेश १ मा शनिबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको भेला हुँदैछ भने ३० गते अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले भेलाको तयारी थालेका छन् । युवा संघ नेपालले प्रदेश १ स्तरीय भेला शनिबार मोरङको शुन्दरहरैंचाको विराट चोकमा आयोजना गरेको छ । भेलामा केपी ओली पक्षका युवा नेता तथा कार्यकर्ताहरूको मात्र सहभागिता हुनेछ ।
भेलामा नेकपाका नेता पूर्वमन्त्री गोकुल बाँस्कोटा प्रमुख अतिथि रहेको युवा संघ नेपालका पूर्वकेन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेतले बताए । ‘यो भेला पार्टी एकताको पक्षमा र राजावादीविरुद्ध आयोजना गरीएको हो,’ उनले भने, ‘भेलामा प्रदेशभरका युवाहरू सहभागी हुनेछन् ।’ भेलाले सडकमा राजावादीका नाममा निस्केका जुलुसको उत्तर दिने बस्नेतको भनाइ छ ।
शनिबार झापाबाट निस्केको मोटरसाइल -याली मोरङको रंगेली, विराटनगर हुँदै सुनसरीको दुहवीबाट कार्यक्रम स्थल विराट चोक पुग्ने बस्नेतले बताए । उनका अनुसार भेलामा युवा संघका केन्द्रीय नेताहरू सहभागी हुनेछन् । केही दिनअघि दाहाल र नेपाल पक्षका पार्टीका नेताहरूको भेला इटहरीमा भएको थियो ।
ओली पक्षका युवाहरूले दाहाल, नेपाल पक्षलाई शक्ति देखाउन भेला आयोजना गरेको स्रोतले बतायो । भेलाका लागि जिल्लाबाट जति सक्दो धेरै युवाहरू ल्याउन भनिएको छ । त्यसका लागि ओली पक्षका युवाहरू लागि परेका छन् । उनीहरूलाई ओली पक्षका पार्टी नेताहरूले साथ दिएका छन् ।
उता दाहाल नेपाल पक्षका युवाहरूले ३० गते विराटनगरमा भेलाको आयोजना गर्ने तयारी गरेका छन् । शनिबारको भेलामा नआउन र ३० गतेको भेलामा आउन जिल्लाहरूमा कार्यकर्तालाई दवाव दिन थालिएको छ । एक पक्षले आउन र अर्को पक्षले नआउन दवाव दिँदा जिल्लाका नेता तथा कार्यकर्ताहरू अन्योलमा परेका छन् ।
युवा संघका दुवै भेला पार्टीसंग सरोकार र साइनो नभएको नेकपा मोरङका सचिव गणेश उप्रेतीले बताए । ‘शनिबार र ३० गते हुने युवा संघका भेला बारे पार्टीलाई आधिकारिक रुपमा थाहा छैन्,’ मोरङ सचिव उप्रेतीले भने, ‘यस्ता कृयाकलापले पार्टी भित्रको संकट झनै गहिरिन्छ ।’

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_kDH2z3AWvN_1mxvwxush1ueizfwdhkbu7r3ay18aulgtlcxni4l5hendrwr5rlvl2d6feyo.jpg)
ब्राउन सुगर समाउन झापामा प्रहरीले गोली चलायो

प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता

बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता

कटारी जीप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

सगरमाथा पदयात्रामा अमेरिकी पर्यटक सम्पर्कविहीन

प्रतिक्रिया