पुष्पलाल राजमार्गको पर्वत खण्ड अझै अवरुद्ध

गलकोट- मध्यपहाडी पुष्पलाल राजमार्गको पर्वत खण्ड अझै अवरुद्ध छ । गत बिहीबार रातिको अविरल वर्षाका कारण धौलागिरिको मुख्य राजमार्ग अवरुद्ध भएपछि यातायात सेवा ठप्प छ । यसबाट चौतर्फी सकस र सास्ती सुरु भएको छ ।
चाडपर्वका मुखमा मुख्य राजमार्ग नै अवरुद्ध भएपछि धौलागिरिका चार बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङमा दैनिक अत्यावश्यकीय उपभोग्य सामग्रीको अभाव हुन थालेको छ । पेट्रोलियम पदार्थ, खाद्यान्न तथा तरकारीको अभाव भएको छ । अभाव बढेसँगै अत्यावश्यक वस्तुको भाउ मनपरी लिन थालिएको उपभोक्ताको गुनासो छ ।
तराई लगायतबा ठाउँबाट आयात रोकिँदा एक केजी हरियो बोडीलाई रु १०० बढीमा खरिद गरेको उपभोक्ता हरि रानाले गुनासो गरे । 'आयात छैन भनेपछि स्थानीय किसानले समेत यही हो बेला भनेका छन्' तरकारी किन्न बजार निस्किएको उनले भने 'स्थानीय सरकार र प्रशासनले नत अनुगमन गरेका छन्, न यसमा ध्यान दिएका छन् । मर्कामा हामी उपभोक्ता परेका छौं, सानो बाहनामा मूल्य बढाउने व्यापारीलाई कारवाही गर्नुपर्दछ ।'
मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतको योजना अनुसार काम सम्पन्न भएमा आज बेलुकीदेखि एकतर्फी याततयात खुलाइने छ । ठूलो पहिरो र सडक बनाएको कारण यसै भन्न सकिने अवस्था भने छैन । चामल, दाल चिनीलगायतका बस्तु स्टोर गरी राखिएको भए पनि सिमेन्ट, निर्माण सामग्री तथा पेट्रोलियम पदार्थको भण्डारण खाली भइसकेको बागलुङका व्यवसायीले बताएका छन् ।
हार्डवयरमा सिमेन्ट आयात बन्द हुँदा घर निर्माणका लागि अर्डर गरिएको सिमेन्टलगायतका निर्माण सामग्री पठाउन नसकिएको व्यवसायी दयाराम पौडेलले जानकारी दिए । तर, कृतिम अभाव सिर्जना गरी मूल्य बढाउन थालिएको उपभोक्ताको गुनासो छ ।
तिज नजिकिएको सन्दर्भमा उपभोग्य वस्तुको माग बढिरेको भए पनि आयात नहुँदा माग धान्न समस्या भइरहेको छ भने अर्कोतर्फ कार्कीनेटा हुँदै घुमाउरो कच्ची सडकबाट ल्याइएको फलफूल तथा तरकारीको दोब्बर मूल्य पर्न थालेको छ । कतिपय होलसेल तरकारी पसलमा तरकारीको अभाव देखिएकाले बन्द गर्ने अवस्थामा पुगेको व्यवसायी बताउछन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले सडक बन्दले आयात ठप्प हुँदा व्यापारीले मनपरी मूल्य बढाउन नपाइने र बजारमा छड्के अनुगमन गरिने जानकारी दिए ।
मूल्यवृद्धिको कहिकतैबाट गुनासो नआए पनि सम्भावित मनपरी रोक्न बजार अनुगमन गर्ने योजना बनाएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । भण्डारणमा सामान छैन भनेर कालोबजारी गरेको पाइएमा कारवाही गरिने उनले बताए ।
'बाटो बन्द भन्नासाथ भण्डारणमा भएको सामान लुकाएर महँगो मूल्यमा बेचेको पाइएमा तत्काल कारवाही हुन्छ,' उनले भने । जिल्लाबाट निर्यात हुने स्थानीय उत्पादन समेत बजारमै थन्किएको छ । बजारमा पेट्रोलियम पदार्थको प्रतिलिटर २०० सम्म कारोवार भइरहेको भए पनि पेट्रोल पम्प भने बन्द अवस्थामा छन् । पेट्रोल पम्प बन्द भए पनि किराना पसलमा पेट्रोल पाइएको नाम नबताउने सर्तमा एक उपभोक्ताले बताए । महँगो मूल्यमा पेट्रोलियम पदार्थ कालोबजारीबाट खरिद गरी सवारी गुडाउन बाध्य भएको सवारी चालकले गुनासो गरेका छन् । रासस
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरबाट

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

प्रतिक्रिया