बुबाको मुख हेर्ने दिन बितेका बुबा सम्झँदै आमेश

अभिनेता आमेश भण्डारीले दिवंगत पिताको सम्झनामा गीत सार्वजनिक पारेका छन् । मंगलवार बुबाको मुख हेर्ने दिनको अवसर पारेर उनले ‘बाबा’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा आमेशकै स्वर, शब्द र संगीत रहेको छ । भिडियोमा उनी आँफै फिचर छन् भने उनको पिताको भूमिका शोभित बस्नेतले निभाएका छन् । त्यस्तै, आमेशको बाल्यकालको भूमिकामा अवश्य भण्डारी फिचर छन् ।
यसै वर्ष आमेशका पिताको निधन भएको थियो । उनी पिताकै साथ, हौसला र प्रेरणाले फिल्म क्षेत्रमा आएका थिए । पितासँग उनको साथीको जस्तो सम्बन्ध थियो । पिताको निधनपछि विक्षिप्त भएका आमेश लामो समय आँशुमा डुबेका थिए । गीतको भिडियोमार्फत उनले पिताले आफूलाई गर्ने प्रेम देखाएका छन् । गीतका शब्द निकै मर्मस्पर्शी छन् ।
गीत सार्वजनिक गर्दै आमेशले भनेका छन्, ‘मैले बुबालाई समर्पित गरेर बुबाको सम्झनामा यो गीत बनाएको हुँ । म जस्तै धेरैले आफ्नो बुबा गुमाउनुभएको छ । सबैलाई मेरो जस्तै पीडा हो । हिम्मत हार्नु हुँदैन, अगाडि बढ्न छाड्नु हुँदैन बुबा सधैं साथमा हुनुहुन्छ भन्ने सन्देश गीतमार्फत दिन खोजेको छु ।’ भिडियोमा पिता र सन्तानबीचको भावनात्मक सम्बन्धलाई निकै मनछुने ढंगबाट देखाइएको छ ।
सुरेश न्यौपानेको कन्सेप्ट र निर्देशन रहेको भिडियोलाई संकल्प भुजेलले खिचेका हुन् । दिन्सन शाहको सम्पादन र कलर, करिश्मा केसीको आर्ट डिरेक्सन, केवल मान सिंह बस्नेत प्रोडक्सन म्यानेजर रहेको गीतको भिडियोका क्रियटिभ हेड सलोन बस्नेत हुन् । आमेशले यसअघि ‘मेरो लागि तिमी’, ' रुम नम्बर १०८’ गीत पनि गाइसकेका छन् । ‘फूलै फूलको मौसम तिमीलाई’ बाट नायकको रुपमा डेब्यू गरेका उनले ‘तँ म र ऊ’ र ‘मेला’ चलचित्रमा पनि अभिनय गरेका छन् ।

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

प्रतिक्रिया