आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

बाइडनको बाटो छेक्ने ट्रम्पको प्रयास असफल

काठमाडौं : अमेरिकी निर्वाचन सकिएको एक महिना भइसके पनि यसको नतिजाबारेमा विवाद कायम नै छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मत परिणामलाई नस्वीकार्ने भन्दै विवाद जारी राखेका बेला अमेरिकी सर्वोच्च अदालतले उनको पछिल्लो प्रपञ्चलाई असफल तुल्याइदिएको छ । ट्रम्पको पक्षबाट टेक्सासका महान्यायधिवक्ताले चार राज्यको मत परिणाम अमान्य घोषणा गर्न दायर गरेको मुद्धालाई अमेरिकी सर्वोच्च अदालते अस्वीकार गरेको छ ।

टेक्ससका महान्यायधिवक्ता केन पाक्सटनले राष्ट्रपतिय निर्वाचनपछि जर्जिया, मिसिगन, पेन्सिलभानिया र विस्कन्सिनमा भएको मतगणनालाई अमान्य घोषणा गर्न अदालतमा मुद्धा दायर गरेका थिए । तर शनिबार अमेरिकी सर्वोच्च अदालतका नौ न्यायाधीशले, दायर गरिएको मुद्धालाई, संयुक्तरुपमा अस्वीकार गरेका छन् ।

अदालतको निर्णयसँगै, राष्ट्रपति ट्रम्पले जो बाइडनको ह्याइट हाउस आगमन रोक्न बनाएको रणनीतिलाई गम्भीर धक्का लागेको छ । सर्वोच्च अदालतमा दायर गरिएको मुद्धालाई ट्रम्पसहित १७ राज्य तथा एक सय २६ रिपब्लिकन कंग्रेस सदस्यहरुले सर्मथन गरेका थिए । उता विभिन्‍न अमेरिकी राज्यहरुलाई प्रतिनिधित्व गर्ने २० महान्यायधिवक्ताले भने ट्रम्पका पक्षबाट दायर गरिएको मुद्धालाई खारेज गर्न अदालतमा अर्को मुद्धा दायर गरेका थिए ।

आफ्नो कार्यकालमा तीन न्यायाधीश नियुक्त गरेका ट्रपले शुक्रबार टुइट गर्दै सर्वोच्च अदालतले आफ्नो पक्षमा निर्ण दिने अपेक्षा व्यक्त गरेका थिए । तर बहुमत सदस्य रिपब्लिकन पक्षधर भए पनि अदालतको निर्णय ट्रम्पको पक्षमा आएन । अमेरिकी निर्वाचनको नतिजा आएपछि ट्रम्प र उनका सर्मथकले एक दर्जन भन्दा धेरै पटक मतपरिणाम खारेज गर्न अदालतमा मुद्धा दायर गरिसकेका छन् । तर सबै प्रयास असफल भएको छ । निर्वाचनमा डेमोक्रयाट उम्मेदवार बाइडनले ट्रम्पलाई दुई सय ३२ मतविरुद्ध तीन सय ६ इलेक्ट्रोल मतले पराजित गरेका थिए ।

यसैबीच अमेरिकी इलेक्ट्रोलको आउँदो सोमबार हुने भेलाले बाइडनलाई अमेरिकाको ४६ औ राष्ट्रपतिका रुपमा औपचारिकरुपमा चुन्‍ने अपेक्षा गरिएको जनाएको छ । (दि गार्डियन र बिबिसीको सहयोगमा)