नबिल बैंकले सुरू गर्यो 'नबिल डिजी वर्कस्पेस'

काठमाडौँ- नबिल बैकले आफ्नो बैकिङ सिटममा नयाँ 'नबिल डिजी वर्कस्पेस' सिस्टम सुरु गरेको छ । बैंकले कर्मचारी दक्षता स्तरोन्नती गर्न 'नबिल डिजी वर्कस्पेस' ल्याएको हो । यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने छ । सम्पूर्ण कर्मचारीले आफूले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने छन् र विद्युतीय प्रणालिबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ । नबिल डिजी वर्कस्पेसको उद्घाटन गर्दै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले कागजविहीन काम गर्ने वातावरण अबको आवश्यकता भएको बताए ।
नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरूले आफूले दैनिक गर्नु पर्ने काम के छ सोको जानकारी सहजै एक क्लिकबाट भेट्नेछन् । यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुने बैंक जनाएको छ । सिस्टममा लागू भएपछि फाइल स्वीकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउने र त्यहाँ अपलोड गरिएका फाइलहरू हेरेर ग्राहकका काम स्वीकृत गर्न सक्नेछन्। यसले कागजी प्रकृयाविना कार्य सम्पादन गर्न सहयोग पुग्ने बैंकले जनाएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_5L0v8pwWFi_iznpvuyvkgvwjzu4lpfukevqiv6soeepg9htqlhzljnx1mscf1m6zizfoomo.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया