यम बराल र प्रविशा अधिकारीको गीतमा जोर्डन र बेनिशा

काठमाडौं : लोकप्रिय गायक यम बराल आफ्नो नयाँ गीतमार्फत दर्शक तथा श्रोतामाझ आएका छन् । गायक बरालद्वारा गायिका प्रविशा अधिकारीसँग युगल गायन गरिएको ‘अझ वर वर आउ’ शीर्षकको रोमान्टिक गीत ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । उक्त गीतलाई गायक यम बरालले नै संगीतबद्ध गरेका हुन् भने शब्दहरु उज्वलराज भट्टराईले रचना गरेका हुन् ।
बलराम समाल उक्त गीतका संगीत संयोजक हुन् । विक्रम कार्कीले गीतलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् । सोनम पाख्रिनद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री बेनिषा हमाल तथा मोडल जोडर्न राजभण्डारीले अभिनय गरेका छन् । नगरकोटको आकर्षक लोकेशनमा छायांकन गरिएको यो भिडियोमा अभिनेत्री हमाल र मोडेल राजभण्डारीको जोडी आकर्षक देखिएको छ ।
अभिनेत्री हमाल लामो समयपछि नयाँ म्युजिक भिडियोमा देखिएकी हुन् । सुरेन्द्र बसेलद्वारा कोरियोग्राफी गरिएको भिडियोलाई बुद्ध थापा तथा उनको टिमले छायांकन गरेको हो । विकास दाहाल यसका सम्पादक हुन् । भूमिका देवान राईले यो भिडियो निर्माण गरेकी हुन् ।

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया