तोकिएको समयमै मापदण्ड अनुसार सडक निर्माण सक्न आयोग सदस्य फुयाँलको निर्देशन

सिन्धुपाल्चोक- राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले तोकिएको समयसिमाभित्रै मापदण्ड अनुसार सडक निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । बलेफी तेम्बाथान सडकखण्डको सोमबार स्थलगत निरिक्षणपछि फुयाँलले सडक निर्माण पक्षलाई निर्देशन दिएका हुन् ।
आयोगका सदस्य फुयाँल, सभामुख अग्निप्रसाद सापकोटाका स्वकीय सचिव गोविन्द पाठक, प्रेस विज्ञ श्रीधर न्यौपाने, संघीय सडक डिभिजन कार्यालय दोलखा र प्रादेसिक सडक डिभिजन कार्यालय खुर्कोटबाट खटिएका ईन्जिनियर एवं प्राविधिकसहितको टोलीले निर्माणाधिन सडकको विस्तृत निरिक्षण गरेको हो ।
अरनिको राजमार्ग अन्तरगतको बलेफी बजारदेखि नौबिसे सडकखण्ड र जलबिरेदेखि कात्तिके सडक खण्डको जुगल गाउँपालिका अन्तरगतको ढाँडे हुँदै गणेश खोलासम्मको स्थलगत निरिक्षणका क्रममा निर्माण कार्यमा थुप्रै सुधारको आवश्यकता औंल्याइएको छ । निरिक्षणका क्रममा सदस्य फुयाँलले जलबिरे कात्तिके सडकखण्डका लागि ठेक्का पाएको निर्माण पक्षलाई डिपिआर, ड्रोइङ र डिजाइन अनुसार निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिए ।
उनले ढाँडे-कात्तिके सडक खण्डको कुम्भेश्वर वारीपट्टिको खण्ड देखि गणेश खोलासम्मको भाग निकै जोखिपूर्ण देखिएको बताउँदै सो क्षेत्रमा बलियो निर्माणका लागि थप उपायहरू अवलम्बन गर्न निर्माण पक्ष र प्राविधिक सहयोग गर्न सरकारी प्राविधिकहरूलाई निर्देशन दिए ।
सडक डिभिजन कार्यालयकी ईन्जिनियर मैना राइले सो क्षेत्रमा लगातार सडक भासिने, पहिरो खस्ने र लगाइएको तार जाली पल्टिने घटना दोहोरिएको बताउँदै माथिल्लो भाग देखि नै ठूलो क्षेत्र भासिएकोले बेलैमा सतर्क हुनु पर्ने अबस्था आएको जानकारी दिए ।
बलेफी नौबिसे सडक खण्डको निर्माणको ठेक्का पाएको निर्माण पक्षसँग जँगारे क्षेत्रमा भएको छलफलमा पनि सदस्य फुयाँलले डिपिआर, ड्रोइङ र डिजाइन अनुसार काम गर्न निर्देशन दिए । उनले केही समयपछि प्राविधिक टोलीसहित फेरि विस्तृत निरिक्षण गरिने जानकारी दिँदै तोकिएको मापदण्ड पुरा गरेको नपाइए संलग्न सबै पक्ष कारबाहीको भागिदार हुनेतर्फ सचेत गराए ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया