चीनका लागि जर्मनीका राजदूतको आकस्मिक निधन

बर्लिन - चीनका लागि जर्मनीका राजदूत ज्यान हेकरको सोमबार निधन भएको जर्मनीको विदेश मन्त्रालयले जनाएको छ । ५४ बर्षीय हेकरले यस पहिले जर्मन चान्सलर एञ्जेला मर्केलको वरिष्ठ सल्लाहकारका रूपमा यस पहिल्यै काम गरिसकेका थिए ।
कार्यभार सम्हालेको केही दिनमै उनको आकष्मिक निधन भएको जर्मनीको विदेश मन्त्रालयले पुष्टि गरे पनि उनको मृत्युबारे विस्तृत विवरण दिइएको छैन । ‘चीनका लागि जर्मनीका राजदूत डा. ज्यान हेकरको आकस्मिक निधनले गहिरो दुःख र निराशा’ उत्पन्न गराएको जर्मन सरकारद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ । हेकरका पत्नी र तीन छोराछोरी छन् ।
शुक्रबार स्वस्थ रुपमा एक सांस्कृतिक कार्यक्रममा उपस्थित रहेका हेकरको सोमबार आकस्मिक रुपमा निधन भएको जर्मन सञ्चारमाध्यमहरूले जनाएका छन् । गत अगस्ट १ मा बेइजिङ आइपुगेका हेकरले क्वारेन्टाइन अवधि पार गरेपछि अगस्ट २४ मा कार्यभार सम्हाल्नुभएको थियो । (रासस)

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया