फाइभ जी सेवालाई परीक्षणमा लैजाने नेपाल टेलिकमको घोषणा

काठमाडौँ – नेपाल टेलिकमले फाइभ जी सेवालाई परीक्षणमा लैजाने घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलनमा बोल्दै नेपाल टेलिकमका प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले यस्तो बताएका हुन् । फाइभ जी सेवालाई परीक्षणमा लैजाने प्रक्रिया चाँडै सुरु गरिने उनले बताए ।
फोर जी सेवालाई अझै गुणस्तरीय बनाइने पनि अधिकारीले उल्लेख गरे । प्रबन्ध निर्देशक अधिकारीले देशभरका आवश्यक स्थानमा फाइबर बिच्छ्याउने कामलाई तीव्रता दिइने बताउँदै कोभिड संक्रमणका कारण टेलिकमको काम नरोकिने स्पष्ट पारे ।
टेलिकमले कल ट्यापिङ गर्ने हल्ला भएको भन्दै हल्लाको पछि नलाग्न उनले सबैमा आग्रह गरेका छन् । टेलिकमसँग कल ट्यापिङ गर्ने उपकरण नै नभएको उल्लेख गर्दै उनले टेलिकमले कल ट्यापिङ नगरेको स्पष्ट पारे । ‘कल ट्यापिङको उपकरण नै छैन ।
कल ट्यापिङ गर्ने एलआइ भन्ने उपकरण हुन्छ । त्यो उपकरण आयात गर्न दुरसञ्चार प्राधिकरणसँग अनुमति चाहिन्छ । हामी दुरसञ्चार सेवा प्रदायकले एलआइ इक्वीपमेन्ट किन्न पाइँदैन,’ उनले भने । टेलिकमले सस्तो, गुणस्तरीय सेवा देशभरका सम्पूर्ण भेगमा पु¥याउने दायित्वको साथ काम गरिरहेको उनको भनाइ छ ।

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया