देशभर एचआईभी संक्रमित तीस हजार बढी, बालबालिका मात्रै १,२२१
एचआईभी संक्रमण नियन्त्रणमा प्रगति शून्य

काठमाडौँ- दुई वर्षयता संसारभर कोभिड-१९ का संक्रमित बढीरहेका छन् । पछिल्लो समय विभिन्न रोगले महामारीकाे भयानक रुप लिन थालेका छन् । कुनै समय भयानक रहेको एचआईभी संक्रमणका कारण धेरैले ज्यान गुमाएका थिए ।
एचआईभी रोग नियन्त्रण गर्न विभिन्न मुलुकले रणनीति अपनाए पनि अहिलेसम्म रोकथाम हुन सकेको छैन । नेपालमा यसको मृत्युदर घटे पनि यो रोग अहिलेसम्म नियन्त्रण हुन नसक्दा वर्षेनी हजारौँ एचआईभी संक्रमित देखापर्ने गरेका छन् । पछिल्लो केही वर्ष यताको सरकारी तथ्यांक विश्लेषण गर्दा संख्या घटे पनि त्यसलाई आशाजनक रुपमा लिन सक्ने अवस्था छैन ।
पहिले-पहिले वयस्क उमेरका मानिसहरूमा एचआईभी देखिए पनि अहिले भने बालबालिकामासमेत संक्रमित हुन थालेका छन् । १५ वर्ष मुनिका १ हजार २२१ बालबालिका एचआईभी संक्रमित छन् ।
तीन वर्षमा १ लाख ३ हजार ५९८ एचआईभी परीक्षण गरिएको थियो जसमध्ये देशभर ३० हजार ३०० एचआइभी संक्रमित रहेका छन् । महिला १३ हजार ९८६ र पुरुष १६ हजार ३१४ जना एचआईभी संक्रमित रहेका हुन् ।
वयस्क उमेरका मानिस संक्रमणबाट सुरक्षित रहे पनि बालबालिकामा एचआईभी संक्रमित वर्षेनी बढ्दै गइरहेका छन् । सन् २०१९ मा १ हजार ३०६, सन् २०१८ मा १ हजार २७३ र सन् २०१७ मा १ हजार २९० जना बालबालिकामा एचआईभी पुष्टि भएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
१५ वर्षमाथिका पुरुष ९ हजार ५७२,१५ वर्ष माथिका महिला ८ हजार ८२९, तेस्रो लिङगी २०५ र १५ वर्ष मुनिका बालबालिका १ हजार २२१ जना छन् । देशभर अहिले २० हजार एचआईभी संक्रमित उपचाररत छन् । एचआईभी पुष्टि भएपछि निरन्तर औषधि सेवन गर्नुपर्ने यौन रोग नियन्त्रण केन्द्रका प्रमुख डा. सुधा देवकोटाले बताइन् । महालेखा परीक्षणको प्रतिवेदनअनुसार संक्रमितको संख्यामा थपघट रहेको उनले जानकारी दिए । 'हालसम्म एक लाख भन्दा बढी संक्रमितको परीक्षण गरिसकेको छ,' उनले भनिन ।
समय-समयमा संक्रमितले औषधिको सेवन नगर्दा पनि संख्या बढिरहेको देवकोटाले जानकारी दिइन् । उपचारको समयमा रहँदा पनि संक्रमितले नियमित स्वास्थ्य परीक्षण नगर्दा पनि मृत्युदर बढ्ने र संख्या बढिरहेको उनको भनाइ छ ।
बीचमा उपचार रोक्दा पनि संक्रमितलाई समस्या हुने गरेको केन्द्रले जनाएको छ । केन्द्रकाअनुसार आफूलाई बेवास्ता गरेको कारण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गरेको छ ।
एचआइभी कसरी सर्छ ?
यौन सम्पर्क गर्दा हुने साना प्रत्यक्ष नदेखिन घाउहरुबाट पनि एक अर्कामा एचआइभी सर्न सक्दछ । यौन सम्पर्क गर्दा निस्कने पुरुषहरुको वीर्य र महिलाहरुको योनीभित्रको रसको माध्यमबाट पनि एचआइभी सर्दछ । संक्रमित रगत, शारीरिक अंग तथा तन्तुहरू लिएमा वा अरूले प्रयोग गरेको सूई तथा सिरिञ्ज साटासाट गरी प्रयोग गरेमा एचआइभी सर्न सक्दछ । एचआइभी संक्रमित भएको महिलाबाट गर्भावस्थामा बच्चा जन्मने बेलामा र आमाको दूधबाट बच्चालाई एचआइभी सर्न सक्दछ ।
नेपालमा एचआईभी संक्रमितको उपचार यसरी गरिएको छः
एन्टि रेट्रोभाइरल थेरापी (एआरटी) भनेको एचआइभी संक्रमित व्यक्तिलाई गरिने उपचार पद्धति हो । यस उपचार पद्धतिमा एचआइभी विरुद्ध प्रभावकारी रुपमा कार्य गर्ने विभिन्न समूहका कम से कम तीन किसिमका औषधिहरुको प्रयोग गरिन्छ । यो उपचार पद्धतिले शरीरमा एचआइभीको प्रगतिलाई रोकी, शरीरको प्रतिरक्षा प्रणालीलाई ह्रास हुनबाट जोगाउँछ । यसरी एआरटीको प्रयोगले एचआइभी संक्रमितमा हुने संक्रमणबाट जोगाउनुका साथै यसबाट हुने मृत्युलाई घटाउँदछ । सामान्य अर्थमा एआरटीले एचआइभी संक्रमितको आयु लम्ब्याउनुका साथै उनीहरुको जीवन स्तरमा समेत सकारात्मक परिवर्तन ल्याउँदछ ।
नेपालमा तल दिइएका औषधिहरु उपलब्ध छन् । लामिभुडिन, अवकाभिर, जाइडोभुडिन, डोलुटेग्राभिर, इफाभिरेन्ज, इमिट्रिसिटाविन, नेभिरापीन, टेनोफोभिर, लोपिनाभिर र रिटोनाभिर जस्ता औषधि संक्रमितलाई दिने गरिएको छ ।
एक दशकमा ९. ४५ गुणाले बढयो संक्रमित
२०६६ मा संक्रमतको संख्या तीन हजार ९६८ थियो । एक दशकमा ९ दशमलव ४५ गुणाले संक्रमितको संख्या बढेको छ । त्यसैगरी ३७ हजार ५१६ संक्रमित थपिएका हुन् । सन् २०३० सम्ममा एचआईभी उन्मुलन गर्ने भए पनि अहिले बढेको संक्रमितको संख्याले उन्मुलन गर्न कठिन देखिएको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा ३१ हजार २० एचआईभी संक्रमित थिए । २०७५/०७६ ३५ हजार ६२ र २०७६/ ०७७ मा ३७ हजार ५१६ जना रहेका छन् । बालबालिका पनि संक्रमित बढ्दै गएको तथ्यांकले उल्लेख गरेको छ ।
विश्वबाट एचआईभीको अन्त्य गर्न विभिन्न मुलुकले रणनीति अपनाउँदै आएका छन् । नेपालले पनि सन् २०१६ देखि २०२१ सम्म रोकथाम तथा उपचार गर्न रणनीति बनाएको छ । एड्सका कारण ८९५ जनाको मृत्यु भइसकेको छ ।
सरकारको योजना अनुसार सन् २०२० सम्ममा एचआइभी संक्रमित व्यक्तिमध्ये ९० प्रतिशतले एचआईभी परीक्षण गर्ने गरेका छन् । ९० प्रतिशत संक्रमितले औषधि सेवन गर्ने गरेका छन् ।
एआरभी औषधि उपचार प्राप्त गर्ने र एआरभीले ९० संक्रमितको शरीरमा रहेको ९० प्रतिशत भाइरसलाई निस्तेज गर्ने गर्छ । नेपालमा पहिलो संक्रमित सन् १९८८ मा भेटिएको थियो ।

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्लास्टिकको बोतलमा पानी पिउनेहरुलाई हृदयाघातको जोखिम अधिक

प्रतिक्रिया