दशौं वर्षमा प्रवेश गर्दै लगानी बोर्ड

काठमाडौँ- २०६८ सालमा स्थापना भएको लगानी बोर्ड भदौ २३ मा आफ्नो दशौं वार्षिक उत्सव मनाउने तयारीमा छ । पाँच वर्षे रणनीति २०७८–२०८२ तथा ‘लगानी बोर्डको १० वर्ष आर्थिक समृद्धिकालागि साझेदारी’ मूल नारासहित बोर्डले आफ्नो १० औ वार्षीक उत्सव मनाउन लागेको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा रहने जानकारी बोर्डले जानकारी दिएको छ । त्यस्तै विषेश अतिथिको रूपमा अर्थमन्त्री जनार्दन शर्मा तथा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषाल तथा लगानी बोर्डका कार्यकारी अधिकृत सुशिल भट्ट रहेन लगानी बोर्डले जानकारी दिएको छ ।
अर्थ सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा 'नेपालको आर्थिक विकासका लागि सार्वजनिक-निजी साझेदारीको विकास र व्यवस्थापन' सञ्चालन हुनेछ । यस सत्रले नेपालमा सार्वजनिक-निजी साझेदारीमा लगानी परिचालनका विविध पक्षहरू, लगानी योग्य तथा विश्वासनीय परियोजनाको विकास तथा व्यवस्थापन, नेपालमा सार्वजनिक(निजी साझेदारी परियोजनाका सम्भावना र चुनौतिहरू तथा परियोजनाहरूको विकासका लागि सरोकारवालाहरूसँग सहकार्यको सम्भावनाहरूबारे छलफल गर्ने अवसर प्रदान गर्नेछ।
वार्षिकोत्सव कार्यक्रममा स्वास्थ्य मापदण्ड अपनाइ भौतिक रुपमा तथा डिजिटल प्लेटफर्म मार्फत नेपाल सरकारका उच्च अधिकारीहरू, नेपाल स्थित कुटनीतिक नियोगहरू, विदेश स्थित नेपाली नियोगहरू, अन्तर्राष्ट्रिय लगानीकर्ताहरू, विकास साझेदारहरू, जन प्रतिनिधिहरू, परियोजना विकासकर्ताहरू, निजीक्षेत्र, विज्ञहरू तथा संचारकर्मीहरू लगायतको सहभागिता रहनेछ ।

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया