शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

बोटलर्स नेपालले जित्यो बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२०

काठमाडौँ– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)ले बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल)लाई जेनेरल सेक्टर (अन्य) श्रेणीअन्तर्गत ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२० अवार्ड’ बाट सम्मानित गरेको छ । बोटलर्स नेपाल लिमिटेड गत वर्ष उप–विजेताको रुपमा पुरस्कृत भएको थियो ।

यस अवार्डका बारेमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने ‘बोटलर्स नेपाल (तराई) लिमिटेड आईक्यानद्वारा सम्मानित हुन पाउँदा निकै आभारी भएका छौं । म सम्पूर्ण टीमप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु जसले हाम्रो पेय पदार्थलाई नेपालीहरूको दैनिक जीवनको एक अहम् हिस्सा बनाउनु भएको छ ।’