मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

कांग्रेसले मंगलबार बोलायो दलको बैठक

काठमाडौँ - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलको कार्यालयका अनुसार मंगलबार दिउँसो दुई बजे नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको हो । 

बैठकमा बुधबार बोलाइएको संघीय संसद्को अधिवेशनबारे छलफल हुने दलले जनाएको छ ।