सुदूरपश्चिम प्रदेश सभा : सबैभन्दा ठूलो दल एमाले बन्यो चौँथो
नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठूलो दल

कैलाली– सुदूरपश्चिम प्रदेशमा दल विभाजनको असर सबैभन्दा ठुलो दल रहेको नेकपा एमालेलाई परेको छ । प्रदेश सभामा एक नम्बरमा रहेको नेकपा एमाले चौथो दलमा झरेको छ । सुदूरपश्चिम प्रदेशका १४ जना एमाले सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै सबैभन्दा ठूलो दल बनेको हो ।
सोमबार (आज) प्रदेश सांसद माया तामाङ (बोहरा)ले एकीकृत समाजवादीको पक्षमा सनाखत गरे सगै नेकपा समाजवादी प्रदेशकै ठुलो दल बनेको हो । यसअघि आइतबार (हिजो) प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक तथा कंचनपुर एमालेका पुर्व अध्यक्ष तारा लामा तामाङ र पूर्व राज्यमन्त्री प्रकाश रावलले आइतबार समाजवादीको पक्षमा सनाखत गरेसंगै नेकपा एमाले चौथोदलमा झरेको हो ।
प्रदेश सभामा एमालेभन्दा समाजवादी ठुलो दल बनेको छ । एमालेका सभामुख बाहेक २४ मध्ये १४ जनाले समाजवादी रोजेपछि एमाले १० जनामा सिमित रहेको हो । यद्दपी २२ गतेसम्ममा यो संख्यामा समेत कमि आउने समाजवादीका नेता तारा लामा तामाङले दाबी गरे । हाल कायम रहेको ५२ सदस्यीय प्रदेश सभामा नेकपा समाजवादी १४, माओवादी केन्द्रका १३, काँग्रेसका १२, एमालेका १० र जनता समाजवादीका २ सांसद छन् ।

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा

स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो : सभामु…

‘भूपरिवेष्टित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड’

कर्णालीदेखि काठमाडौंसम्म : समृद्धिको आवाज

महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छः डा. कोइराला

नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ : महासचिव…

श्रमिकको स्वास्थ्य रक्षाको नेपाली मुद्दामा समर्थन जुटाउन स्वास्थ्य मन्त्री पौडेलको प…

प्रतिक्रिया