तेस्रो लिंगीलाई नागरिकता पाउन गाह्रो भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघ नेपाल र निलहिरा समाजका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । गृह मन्त्रालयमा आएका महासंघ र समाजका प्रतिनिधिहरूसँग गृहमन्त्री खाणले माग पूरा गर्न के गर्न सकिन्छ छलफल गरेर अगाडि बढ्ने बताए ।
मन्त्रीसँगको भेटमा आफूहरूका माग राखेको र मन्त्रीले समस्याको समाधान गर्न पहल गर्ने बताएको निलहिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले बताइन् । टोलीले गृहमन्त्रीसँग तेस्रो लिंगीलाई नागरिकता पाउन गाह्रो भइरहेको भन्दै सहज बनाइदिन आग्रह गरेकाे थियो ।
त्यस्तै वैवाहिक समानता दिने विषयमा सरकारले समिति बनाएर तयार भएको प्रतिवेदन महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा थन्किएकोले त्यसलाई अगाडि बढाउन प्रतिनिधिले आग्रह गरेका थिए ।
अल्पसंख्यकको परिभाषामा यौनिक तथा लैंगिक अल्यसंख्यकलाई नसमेटिएको भन्दै उनीहरूले ध्यानाकर्षण गराएका थिए । त्यस्तै आफूहरूले जनगणनाका सन्दर्भमा आगामी आइतबार र सोमबार जिल्ला–जिल्लामा कार्यक्रम गर्न लागेको भन्दै त्यसमा समन्वयन गर्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्न पनि आफूहरुले माग गरेको समाजकी कार्यकारी निर्देशक ढकालले जानकारी दिइन्। टोलीको मागमा अवस्था के हो बुझेर समस्या समाधानका लागि पहल गर्ने मन्त्री खाणले बताए ।
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरबाट

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

प्रतिक्रिया