संखुवासभा घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयबाट टोली जाँदै

काठमाडौँ- संखुवासभामा एकै परिवारको ६ जनाको हत्याको अनुसन्धान गर्न नम्बर १ प्रदेश प्रहरी कार्यालयबाट प्रहरी टोली आउने भएका छन् । घटनास्थलमा प्रहरी पुगिसकेको र शवको मुचुल्का उठाउने कार्य भइरहेको जिल्लास्थित प्रहरी कार्यालयका प्रहरी निरीक्षण सुदेश अधिकारीले जानकी दिए ।
घटनास्थलमा डिएसपीसहितको टोली प्रस्थान गरिसकेका छन् । घटनाको अनुसन्धान गर्न कुकुरको परिचालन गरिएको अधिकारीको भनाइ छ । आवश्यक परेमा थप कुकुर बाहिरी जिल्लाबाट मगाउन सकिने उनले बताए ।
सोमबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो । धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाती दीपक कार्की र ३ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका हुन् ।
परिवारका एक जना मात्रै जीवित छन् । ८५ वर्षीय वृद्ध जीवितै भेटिएका हुन् । दुई जना नाति-नातिनीको शव घरदेखि माथि खरबारीमा, सासू-बुहारीको शव खोल्सामा र छोराको शव सडकमै भेटिएको हो ।
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरबाट

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

प्रतिक्रिया