भारतीय अभिनेत्रीको छायाँमा सौगात र अनुप

काठमाडौँ : भर्सटाइल अभिनेता सौगात मल्ल र अनुपबिक्रम शाही स्टारर फिल्म ‘जार’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । यथार्थपरक कथामा आधारिक रहेर निर्माण गरिएको भनिएको यो फिल्मको सार्वजनिक पोस्टरमा लिड अभिनेत्री गिताञ्जली थापालाई केन्द्रमा राखिएको छ भने सौगात र अनुपलाई क्यारेक्टर लुक्समा देखाइएको छ । फिल्मको केन्द्रिय द्वन्द्व नै महिला पात्र हो ।
सम्पूर्ण छायांकन सिक्किममा गरिएको यो फिल्मले सन् १८ सयको दशक अन्त्यतिर सिक्किमेली समाजमा घटेको एक यथार्थ घटनालाई बोल्नेछ । उल्लेखित तीन पात्रको वरिपरी नै फिल्मको कथा घुम्नेछ । गिताञ्जली भारतमा राष्ट्रिय अवार्ड विजेता अभिनेत्री हुन् ।
फुर्वा छिरिङ लामाको निर्देशन रहेको यो फिल्मको छायांकन गत अप्रिलमा सम्पन्न भएको थियो । ‘जार’को कथा इन्द्र बहादुर राईले लेखेका हुन् । फेर्री टेल पिक्चर्सले 'होप रिल एण्ड एलए सर्ट्स'को सहकार्यमा यो फिल्म निर्माण गरेको हो ।
फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत छ भने सम्पादन अखिलेश राईको छ । फिल्मको छायांकनदेखि सम्पादनसम्मको सम्पुर्ण प्राविधिक काममा भारतिय टिम संलग्न छ । केहि समयपछि टिजर रिलिज गरेर फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्ने निर्माण टिमले बताएको छ ।

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया