अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं - अविरल वर्षाले काभ्रेको पुण्यमाता खोलामा आएको बाढीले बनेपा पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात संचालनसमेत अवरुद्ध भएको छ ।
पुण्यमाता खोला धनेश्वर पुलमाथिबाट बगेपछि यातायात अवरुद्ध भएको काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिए । खत्रीका अनुसार पुलमाथिबाट पानी बगेको छ ।
बिहानैदेखि यातायात अवरुद्ध बनेको प्रहरीले जनाएको छ । नदीमा पानीको बहाव हेर्दा तत्काल बाढी कम हुने अवस्था रहेको खत्रीले बताए । उनले जेसिबी प्रयोग गरेर सवारीसाधन खोल्ने प्रयास भइरहेको जानकारी दिए ।
उक्त डुबानका कारण बनेपा–पनौती सडक अवरुद्ध भई यातायात ठप्प रहेको छ । बनेपाको पुलबजार र गोदामचोकाको धनेश्वर पुल आसपास वर्षेनी डुवानमा पर्दै आएको छ । मानव बस्तीले खोला साँगुरो पार्दै आएपछि डुवान हुन थालेको हो ।
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरबाट

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

प्रतिक्रिया