काठमाडौँमा बाढी : ३८२ घर डुबानमा, १३८ जनाको उद्धार

काठमाडौँ- काठमाडौँका विभिन्न ठाउँ बाढीले डुबाएको छ । गएरातिदेखि परेको पानीले खोला किनारका बस्ती डुबानमा परेका हुन् । शंखमुल पार्क, बालाजुको नेपालटारको तल्लो क्षेत्र, बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कालिमाटीको तरकारी बजार क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र डुबानमा परेका छन् ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार गुहेश्वरीतिर, मनमैजू, कुलेश्वरका, कालीमाटी घरहरूमा पानी पसेको बताए । उनका अनुसार बाढीले मानवीय क्षति भने भएको छैन ।
त्यस्तै बाढीले ३८२ घर डुबानमा परेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले इकागजलाई जानकारी दिए । उनका अनुसार १३८ जनालाई उद्धार गरिएको छ ।
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरबाट

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

प्रतिक्रिया