कांग्रेस महाधिवेशन : दाङका ५० वडामा आज मतदान हुँदै

दाङ - नेपाली कांग्रेस दाङले आज सोमबार वडा तहको अधिवेशन गर्दैछ । कांग्रेसले १४औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि तल्लो तहमा अधिवेशन गर्न लागेको हो । जिल्लाका ५० वडामा सहमति भइसके पनि बाँकी ५० वडामा सोमबार मतदानमार्फत् नयाँ नेतृत्व चयन हुने कांग्रेस दाङ सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए ।
बिहान ७ बजेबाट मतदान प्रक्रिया सञ्चालन भइरहेको छ । वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिका लागि निर्वाचन हुन लागेको हो । पाँच पटकसम्म कार्यतालिका परिवर्तनपछि १४औँ महाधिवेशन गर्न टुंगोमा पुगेको कांग्रेसले वडा तहको निर्वाचन शुक्रबारबाट थालेको हो । दाङमा भने तीन दिनपछि निर्वाचन हुन लागेको हो । जिल्लामा अधिकांश वडामा मूल नेतृत्वको लागि मात्रै निर्वाचन हुन लागेको जिल्ला निर्वाचन सहायक अधिकृत कुमार श्रेष्ठले जानकारी दिए ।
जिल्लामा वडा अधिवेशनका लागि मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध एवं उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । खड्काका अनुसार क्षेत्र नम्बर १ मा ३७ वटा वडामध्ये २५ मा, २ मा २७ मध्ये १० मा, ३ मा ३६ वडामध्ये १५ वटा वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया