पार्टीभित्र समावेशी प्रतिनिधित्व बढाउने भन्दै देउवाले बोलाए शीर्ष नेताको बैठक

काठमाडौँ - नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठक बिहान साढे ८ बजे बालुवाटारमा बस्दै छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, महामन्त्री शशांक कोइरालासहितका नेताहरू सहभागी हुनेछन् । सभापति देउवाले हतारमा निर्वाचन निर्देशिका निर्माण गर्दा प्रतिनिधित्वको विषय छुटेको भन्दै सच्याएर अघि जानका लागि प्रस्ताव गर्ने बताइएको छ ।
निर्वाचन निर्देशिकामा प्रतिनिधित्व बढाउनको लागि नेताहरु फर्मूल्ला मन्सुर, मुस्लिम संघका केन्द्रीय अध्यक्ष अब्लुल सतार, जीवन परियारसहितका नेताहरुले देउवालाई भेटेर लबिङ गरेका थिए । भेटमा देउवाले सच्याउने प्रतिवद्धता जनाएको नेता मन्सुरले जानकारी दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया