पचास महिलालाई लेखापढी तालिम दिइँदै

वीरेन्द्रनगर – सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाले महिला लेखापढी उत्पादनमा जोड दिएको छ । नगरपालिकाले ५० जना महिलालाई तालीम दिएर लेखापढी उत्पादनमा जोड गरेको हो । नगरपालिकाको न्यायिक समितिले आइतबारदेखि महिला स्वरोजगार कार्यक्रमसँग जोड्नका लागि महिलालाई सो तालीम दिन सुरु गरेको हो ।
तालीम सम्पन्न भएपछि जिल्ला अदालत सुर्खेतले लेखापढी परीक्षा सञ्चालन गर्ने र उक्त परीक्षा उत्तीर्ण गर्नेलाई प्रमाणपत्र उपलब्ध गराइने नगरपालिका उपप्रमुख मोहनमाया ढकालले बताइन् । महिलालाई लेखापढी व्यवसायमा सक्षम बनाउने उद्देश्यले कर्णाली प्रदेशमै पहिलोपटक यो तालीम दिइएको उनको भनाइ छ । ‘महिलाहरू पनि लेखापढी व्यवसाय गर्न सक्षम छन् भन्ने देखाउन हामीले यो तालीमको आयोजना गरेका हौं ।’ नगरउपप्रमुख ढकालले इकागजसँग भनिन्, ‘अहिले बेरोजगार रहेका नगरक्षेत्रका महिलाहरू तालीमपश्चात् स्वरोजगार बन्नुहुनेछ । यो तालीम महिला स्वरोजगारसँग जोडिएको हुँदा नगरपालिकाका महिलालाई आत्मनिर्भर बनाउन भूमिका निर्वाह गर्ने हाम्रो विश्वास छ ।’
नेपाल कानुन समाजका वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, नगरपालिकाका कानुनी सल्लाहकार तथा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल, वैतनिक वकिल गीता कोइरालालगायतले गराएको सो तालीम तीन दिनसम्म चल्ने नगरपालिकाले जनाएको छ । कर्णाली प्रदेशमै पहिलोपटक यो संख्यामा महिला लेखनदास बनाउन लागिएको नगरपालिकाको दाबी छ ।

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

प्रतिक्रिया