गृह मन्त्रालयको विज्ञप्ति च्यात्ने सत्तारुढ नेकपा एसका विद्यार्थी नेताको चेतावनी
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएको भन्दै नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठनले आपत्ति जनाएको छ । छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी नगर्न गृह मन्त्रालयले आइतबार चेतावनीयुक्त विज्ञप्ति जारी गरेपछि नेकपा एसनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले आपत्ति जनाएको हो ।
शुक्रबार अमेरिकी सहयोग परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनीसहितको विज्ञप्ति निकालेको गृहले आइतबार पुनः चेतावनीयुक्त विज्ञप्ति जारी गरेपछि सरकारको चौतर्फी आलोचना भएको छ । अनेरास्ववियूले देउवा नेतृत्वको सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको दाबी गर्दै यस्तो विज्ञप्ति सडकबाटै च्यातेर देखाइदिने चेतावनी दिएको हो ।
नेपालमा भारतीय हस्तक्षेप बढेको भन्दै १८ भदौमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले रत्न राज्यलक्ष्मी क्याम्पसअगाडि प्रदर्शनी मार्गमा विरोध प्रदर्शन गरेको थियो । सोही क्रममा विद्यार्थीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएपछि गृहले शुक्रबार विज्ञप्ति जारी गरेको थियो ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया