खोप लगाएका र कोभिड रिपोर्ट नेगेटीभ भएका विदेशी पर्यटकलाई सहजै गन्तव्यमा जान दिइने

काठमाडौँ- कोभिडविरुद्धको खोप लगाइ नेपाल आएका विदेशी पर्यटकलाई कोभिड रिपोर्ट नेगेटिभ आएमा सहजै गन्तव्यस्थल जान अनुमति दिने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् ।
कोभिड महामारीबाट प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन खोपको पूर्णमात्रा लगाएकालाई विभिन्न मुलुकबाट भित्रिएका पर्यटकलाई कोभिड रिपोर्ट नेगेटीभ आएमा गन्तव्यस्थल जान दिने उनको भनाइ छ ।
'पूर्णमात्रा खोप लगाएकालाई गन्तव्यस्थलमा जाने व्यवस्था छिट्टै लागू गरिनेछ,' राज्यमन्त्री श्रेष्ठले भने ।
कोभिड-१९ महामारीबाट अतिप्रभावित पर्यटन क्षेत्रलाई क्रमश: पुनर्बहाली गर्न पूर्णमात्रा खोप लगाइसकेका पर्यटकहरूलाई नेपाल आइसकेपछी तत्काल गरिने पीसीआर रिपोर्ट "नेगेटीभ" आएमा गन्तव्यमा जान अनुमति दिने व्यवस्था छिट्टै लागू गरिनेछ ।
— Umesh Shrestha (@MohpStateMin) September 5, 2021

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने

घरमा नै बसेर फाेहाेर कानकाे सहज उपचार विधि जान्नुहाेस्
सीमा नाकामा कोरोनाको जोखिम कायमै

बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

प्रतिक्रिया