नेकपा एसले तोक्यो प्रदेश इन्चार्ज, दस्तावेज मस्यौदा कमिटी पनि गठन

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेश इन्चार्ज तोकेको छ । आइतबार बसेको पार्टीको बैठकले प्रदेश इन्चार्ज तोकेर दस्ताबेज मस्यौदा कमिटीसमेत गठन गरेको हो । बैठकले प्रदेश इन्चार्जका साथै पार्टीको दस्ताबेज मस्यौदा कमिटी गठन गरेको पार्टी कार्यालय सचिव डा. गंगालाल तुलाधरले बताए ।
प्रदेश नम्बर १ इन्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश २ इन्चार्जमा धर्मनाथ शाह, वागमती इन्चार्जमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी, कर्णालीमा प्रकाश ज्वाला इन्चार्ज तोकिएका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्ज भने केही दिनपछि तोकिने उनले बताए ।
‘आजको बैठकले प्रदेश इन्चार्जहरू तोकेको छ भने पार्टी कार्यालय सचिवको जिम्मेवारी पनि तय गरेको छ । साथै दस्ताबेज मस्यौदा कमिटी पनि बनाइएको छ,’ उनले भने, ‘उपत्यका विशेष प्रदेश कमिटीको इन्चार्ज विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशको जिम्मेवारी विजय गुरुङ, मोर्चा इन्चार्ज डा. विजय पौडेल, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, प्रवास इन्चार्ज श्रीप्रसाद शाहलाई तोकिएको छ ।’
यस्तै अदालत, निर्वाचन आयोग सम्बन्धी काम हेर्ने जिम्मेवारी राजेन्द्र पाण्डे, विजय पौडेल, रामकुमारी झाँक्री, तथा संसदीय कामको जिम्मेवारी कमरेड विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई दिइएको छ ।
दस्तावेज मस्यौदा कमिटीमा झलनाथ खनाल संयोजक छन् भने डा. वेदुराम भुषाल सदस्य, प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, राजेन्द्र राई र डा. गणेश विकसहित १३ सदस्य छन् । पार्टीको आगामी रणनीति तत्काल सुरु गर्न संयन्त्रहरू गठन गरिएको उनले बताए । आइतबार बसेको बैठकले तत्कालका लागि केन्द्रीय सचिवालय र स्थायी कमिटी पनि गठन गरेको छ ।

शिक्षाको सुधारका लागि संसदबाट क्रियाशिल रहनेछु : पूर्वमन्त्री भट्टराई

प्रचण्ड भन्छन्- जादु चलाउन चाहे सक्छु तर सरकार बनाउने पक्षमा छैनौँ

विद्यालय शिक्षा विधेयकसम्बन्धी गठित उपसमितिको म्याद १० दिन थपियो

एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्यांक छैन : शिक्षामन्त्र…

सरकारविरूद्ध संसद्मा प्रचण्डले खर्चिएका ३४२२ शब्द

सात बुँदे सहमति कार्यान्वयनमा सरकार चुक्यो : कोइराला

नीति तथा कार्यक्रमबारे प्रचण्डको प्रश्न : विदेशमा आँसु, रगत र पसिना बगाउने श्रम…

प्रतिक्रिया