प्रदेश २ मा जसपाका थप ३ सांसदले रोजे लोसपा
जनकपुरधाम - जनता समाजवादी पार्टीका थप तीन जना सांसदले प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन । आइतबा जसपाका उपेन्द्र महतो, अभिराम शर्मा र रानी शर्मा तिवारी निर्वाचन आयोगको प्रादेशिक कार्यालय जनकपुरधाम पुगेर सनाखत गरेका हुन ।
यससँगै लोसपाको पक्षमा सनाखत गर्नेहरूको संख्या १५ पुगेको छ । जितेन्द्र सोनल सनाखत गर्न बांकी रहेकोमा संख्या पुग्ने छ । तर यो संख्या अझै बढ्न सक्ने दाबी लोसपाको छ । लोसपाका नेता एवं प्रदेश सांसद सोनलले भने, ‘हाम्रो पक्षमा अहिलेसम्म १६ जना आएको छ । तर भदौ २२ गतेसम्म यो संख्या अझै बढ्ने छ । केही साथीहरू सम्पर्कमा हुनुहुन्छ, छलफल भइरहेकाले संख्या बढ्नेछ ।’
सांसद तिवारी यसअघि उपेन्द्र यादव नेतृत्वको जसपामा रहेको बताउँदै आएकी थिइन् । तर पार्टी नेतृत्व तहको छलफल पश्चात् उनी लोसपाको पक्षमा खुलेकी छन् । त्यस्तै स्थानीय तहतर्फ धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलसहित वडाध्यक्ष र सदस्य लगायत १६ जना कार्यपालिका सदस्यले लोसपामा सनाखत गरेका छन् । उपमेयर रेणु झाले यसअघि नै सनाखत गरिसकेका छन् ।

हात हालाहालको स्थिति लडाइँमा परिणत हुन पाएनः प्रधानमन्त्री ओली

‘बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ’

‘समतामूलक समाज निर्माण गर्न बुद्धका उपदेश प्रेरणादायी’

लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रुपमा परिचित गराउन जरुरी छ :…

बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार हो: सभामुख घिमिरे

गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्नेः उपराष्ट्र…

जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छ : प्रचण्ड

प्रतिक्रिया