कौसी थिएटरमा सुदाम र आकांक्षाको ‘बबाल कुरा’

काठमाडौँ : महामारी खुकुलो भएसँगै रंगमञ्च पनि सक्रिय हुन थालेको छ । यही क्रममा कौसी थिएटरले पनि हप्ताभरका लागि भए पनि नयाँ नाटक मञ्चन गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।
कौसी थिएटरले यही भदौ २५ देखि असोज १ गतेसम्म ‘हरेक बबाल कुरा’ शीर्षकको नाटक मञ्चन गर्न लागेको हो । डंकन म्याकमिलनको नाटक ‘एभरी ब्रिलियन्ट थिंग’लाई नेपाली भाषामा अनुवाद गरी मञ्चन गरिन लागेको नाटकलाई आंकाक्षा कार्कीले निर्देशन गर्न लागेकी हुन् ।
क्षितिज पराजुलीसँग मिलेर अंग्रेजी नाटकलाई अनुवाद गरेकी आकांक्षाले नाटकले अँध्यारोमा पनि उज्यालो देख्न प्रेरित गर्ने भएकाले मञ्चनका लागि छानेकी बताइन् ।
‘अहिले हामी सबैलाई गाह्रो छ तर यो कुरा अरुसँग बाँड्यो भने मात्र कम हुन्छ भन्ने नाटकको कथासार छ । हामी अहिले यस्तै समयबाट गुज्रिरहेको हुनाले पनि यसको सान्दर्भिकता धेरै छ भन्ने लागेर यो नाटक छानेको हो,’ आंकाक्षाले भनिन् ।
नाटकको कथानुसार बाँच्ने कारण नै नदेख्ने आफ्नी आमालाई आफू सात वर्षको छँदा जीवन बाँच्न लायक बनाउने हरेक बबाल कुराको लिस्ट तयार पार्न थालेको पात्रले सो लिस्टसँग जोडिएका स्मृतिहरूको माध्यमबाट आफ्नो विगतका अनेकौँ अध्यायहरू पल्टाउँछ ।
बाल्यकालको उपजस्वरुप सुरु भएको सो लिस्ट तन्किँदै जाँदा र उमेर ढल्किँदै जाँदा आफ्नो जीवनप्रतिको दृष्टिकोण बद्लिँदै जान्छ र अन्तिममा स्वस्थ्य भएको महसुस गर्छ । यो गर्ने क्रममा कथाले मानसिक स्वास्थ्य, आत्महत्या र बुढ्यौलीमा हुने डिप्रेसन आदि कुरालाई पनि प्रस्तुत गर्ने आंकाक्षाले जानकारी गराइन् ।
एकल प्रस्तुति रहेको नाटकमा सुदाम सिकेको एकल अभिनय रहनेछ । नाटक शनिबारबाहेक हप्ता दिनसम्म ५.३० बजे कौसी थिएटरमा मञ्चन हुनेछ । शनिबार भने २ बजे र ५।३० मा पनि मञ्चन हुनेछ । कौसीले डेढ वर्षपछि दर्शक नाटकघर बोलाएर शारीरिक उपस्थितिमा नाटक गर्न लागेको हो । महामारीलाई मध्ये नजर गर्दै नाटक हरेक दिन ३० जना मात्र दर्शकले हेर्न सक्ने र यसका लागि पनि अग्रिम बुकिङ गर्नुपर्ने थिएटरले जनाएको छ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया