शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

६ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौँ - साताको पहिलो दिन आइतबार सुन महँगिएको छ । सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ९१ हजार पाँच सय रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार सुन ९० हजार नौ सय रुपैयाँ कायम भएको थियो । 

सुनसँगै चाँदी ३५ रुपैयाँले महँगिएको छ । महासंघका अनुसार आइतबार चाँदी तोलामा एक हजार दुई सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलामा एक हजार एक सय ९५ रुपैयाँ कायम भएको थियो ।