कोरियन फिल्ममेकर किम कि दुकको निधन

विश्वका महान फिल्ममेकर किम कि दुकको कोभिड १९ का कारण निधन भएको समाचार छ । गत नोभेम्बरदेखि लाटभियामा बसिरहेका किमको कोभिड १९ कारण निधन भएको त्यहाँका समाचारमाध्यमले जनाएका छन् । समाचार अनुसार किम कि दुक विगत १ महिनायता लाटभियाको समुन्द्री किनारमा घर किन्ने अभिप्रायले त्यहाँ बसिरहेका थिए । तर, रसियाका धेरै सञ्चारमाध्यमले अस्पतालले उनको निधनको औपचारिक रुपमा पुष्टि गरिनसकेको बताएका छन् । समाचारहरूमा शुक्रबार दिउँसो निधन भएको बताइएको छ । किम कि दुक ५९ वर्षका थिए ।
एसियाका उत्कृष्ट फिल्ममेकर मानिने किम कि दुकले ६९ औं भेनिस फिल्म फेस्टिभलमा गोल्डेन लायन अवार्ड जितेका थिए भने ६१ औं संस्करणमा ‘थ्री आइरन’का लागि सिल्भर लाइन जितेका थिए । बर्लिनमामा ‘समारिया’का लागि उत्कृष्ट अवार्ड जितेका उनले ‘अरिराङ’का लागि सन् २०११ मा कान्स जितेका थिए । ‘स्प्रिङ समर फल, विन्टर एन्ड स्प्रिङ’ ‘पियटा’ जस्ता फिल्मका निर्देशक किममाथि यौन हिंसा गरेको आरोप थियो । उनको अन्तिम फिल्म ‘डिजल्भ’ हो ।

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

प्रतिक्रिया