नेयमारको प्रष्टिकरणः शरीरको होइन, जर्सीको आकार ठूलो भएको हो

काठमाडौँ-विश्वकप छनौटमा गत बिहीबार ब्राजिलले चिलीको सामना गर्यो । जसमा ब्राजिल १–० ले विजयी बन्यो । जितसँगै ब्राजिले दक्षिण अमेरिकातर्फको छनौटको शीर्षस्थानमाथिको पकडलाई बलियो बनाएको छ ।
ब्राजिलले खेल जिते पनि उसका मुख्य स्टार नेयमारको भने आलोचना भइरहेको छ । आलोचनासँगै फुटबल समर्थकले नेयमारलाई गिज्याइरहेका पनि छन् । नेयमारको वजन अत्याधिक रहेको भन्दै आलोचना भइरहेको हो । यहीकारण उनलाई समर्थकले सामाजिक सञ्जालमा गिज्याइरहेका छन् ।
समर्थक मात्र होइन, फ्रान्सका सञ्चारमाध्यमहरू पनि नेयमारका आलोचना गरिरहेका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड नेयमारले आफ्नो शरीरको वास्ता नगरिरहेको उनीहरूको आरोप छ । यस्ताे आरोपको जवाफ नेयमारले सामाजिक सञ्जाल मार्फत दिएका छन् ।
‘चिलीविरुद्ध हामीले अवश्य पनि राम्रो खेलेनौँ । तर खेल भने जित्यौँ । मेरो शरीरबारे पनि प्रश्न उठाइएको छ । यसमा म के भन्न चाहन्छु भने, मैले लगाएको जर्सीको आकार ठूलो थियो । अर्को खेलमा म आफूलाई फिट हुने जर्सी लगाउनेछु’, नेयमारले भनेका छन् ।
चिलीलाई हराएपछि नेयमार र उनका साथी खेलाडीहरुको ध्यान अर्जेन्टिनासँगको खेलतर्फ छ । विश्वकप छनौटमै दुई टिम आइतबार राति आमनेसमाने हुँदैछन् । यि दुई टिम पछिल्लो पटक कोपा अमेरिकाको फाइनलमा भिड्दा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना विजयी बनेको थियो ।
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

प्रतिक्रिया