भन्सार नजिक डोरीले बाँधेको अवस्थामा भेटियो युवतीको शव

जनकपुरधाम : धनुषाको जटहीस्थित नेपाल भारत सीमामा रहेको भन्सार नजिक एक युवतीको शव फेला परेको छ । प्रहरीकाअनुसार धनुषाको नगराइन् नगरपालिका २ दुर्गापट्टीस्थित जटही बोर्डरमा रहेको भन्सार नजिक युवतीको शव फेला परेको हो । शवको पहिचान हुन सकेको छैन ।
दुर्गापट्टी धार नजिक परालको कुइनो नजिकै सडेको अवस्थामा डोरीले बाँधिएको शव फेला परेको सीमा प्रहरी चौकी जटहीले जनाएको छ । घाँस काट्न गएका केही स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जटही भन्सारदेखि ५ सय मिटर पूर्वनेपाल भारतको सीमामा डोरीले बाँधिएको अवस्थामा २०/२२ वर्षीया युवतीको शव फेला परेको सीमा प्रहरी चौकी जटहिका इन्चार्ज प्रहरी सहायक निरीक्षक मनु श्रेष्ठले जानकारी दिए ।
युवतीकोे कसैले हत्या गरेर फालेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मधेसमा स्वास्थ्य बिमा गराउने साढे सात लाख बढी
लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_EGbUl3Yakh_pmi6wawzfj5tll0oxjy4gidjmw8uosekehhrmsw1arakkayo39awspjv4uiy.jpg)
प्रतिक्रिया