स्वचालित पेस्तोलसहित दाङबाट युवक पक्राउ

दाङ - स्वचालित पेस्तोलसहित दाङको घोराहीबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । रोल्पाको रुन्टिगढी गाउँपालिका– ९ सखी स्थायी ठेगाना भई हाल घोराही उपमहानगरपालिका–१३ बडहरा बस्ने २५ वर्षका इन्द्रकमल बुढामगरलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बुढामगरको घरमा रहेको रा ५ प ८७६२ नम्बरको स्कुटरको सिटमुनि रातो प्लाष्टिकभित्र लुकाई राखेको अवस्थामा स्वचालित पेस्तोल १ थान, पेस्तोलमा प्रयोग हुने म्याग्जिन १ थान र १ राउन्ड गोली बरामद गरेको हो । प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताए ।
अवैध हतियार देखाइ ठेकेदार, व्यवसायीलाई चन्दा आतंक सिर्जना गरेको उजुरी परेपछि खोजतलास गर्दै जाँदा भेटिएको काफ्लेको भनाइ छ । पक्राउ परेका बुढामगरविरुद्ध हातहतियार खरखजना मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया