‘चिसो मान्छे’मा स्वस्तिमा अनुबन्धित

काठमाडौं : लकडाउनको बीचमा नै निर्देशक दीपेन्द्र के खनालले ‘चिसो मान्छे’ बनाउने घोषणा गरेका थिए । आउँदो भदौ ११ मा उनले फिल्म हलमा लाग्ने पनि घोषणा गरिसकेका छन् । तर, फिल्मको सुटिङ कहिले सुरु हुने अत्तो छैन ।
तर, दीपेन्द्रले बुधबारबाट फिल्मको कास्टिङ सुरु गरेका छन् । शर्मिला पाण्डेको लगानीमा बन्न लागेको फिल्ममा खनालले महत्वपूर्ण भूमिकाका लागि स्वस्तिमा खड्कालाई अनुबन्ध गरेका छन् । निर्माता पाण्डे र स्वस्तिमाबीच बुधबार लेखापढी भएको छ । फिल्ममा अर्पण थापा पनि रहने चर्चा छ । स्वस्तिमाले निर्देशक खनालसँग दोस्रो पटक काम गर्न लागेकी हुन् ।
यसअघि दुवैले ‘लभ लभ लभ’मा सहकार्य गरेका थिए । खनालले गत साल ‘आमा’ निर्देशन गरेका थिए जुन फिल्मले राम्रो चर्चा कमाएको थियो । दीपेन्द्रले ‘चिसो मान्छे’सँगै ‘लकडाउन’ नाममा पनि फिल्म बनाउने घोषणा गरेका छन् । तर, यो फिल्मको पनि कुनै कुरा बाहिरिएको छैन ।

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

सञ्जय दतको ‘द भूतनी’मा के छ ?

प्रतिक्रिया