सरकारले भदौ २३ गते बोलायो संघीय संसद्को बैठक

काठमाडौँ - सरकारले संघीय संसद्को बैठक २३ भदौमा बोलाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते अपरान्ह चार बजे बोलाउन सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । संघीय संसद्मा प्रतिनिधि सभा र राष्ट्रिय सभा छन् ।
बजेट अध्यादेश पारित नगर्दै अधिवेशन अन्त्य गरेको भन्दै सरकारको आलोचना भएको थियो । बजेट अध्यादेश असोज दुई गतेसम्म पारित नभए स्वतः निस्कृय हुन्छ ।
संघीय संसद्को अधिवेशनबारे बिहान प्रधानमन्त्रीसहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका थिए ।
प्रधानमन्त्री तथा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सभामुख सापकोटालाई बालुवाटार बोलाएर अधिवेशनका विषयमा छलफल गरेका थिए ।
स्रोतका अनुसार शीर्ष नेताहरूबीच बैठकमा अमेरिकी सहयोग नियोक (एमसीसी) पेस गर्ने कि नगर्ने भन्ने विषयमा पनि छलफल भएको थियो । शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहाद पौने घण्टा चलेको थियो ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया