कांग्रेसले काठमाडौँका पाँच ठाउँबाट एकसाथ जुलुस सुरु गर्ने

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले काठमाडौंका पाँच ठाउँबाट जुलुस सुरु गर्ने भएको छ । शुक्रबार जिल्ला कार्यसमिति बैठकले मंसिर २९ मा देशभर प्रदर्शन गर्ने कार्यक्रमअन्तरगत काठमाडौंका पाँच ठाउँबाट जुलुस सुरु गर्ने निर्णय गरेको जिल्ला सभापति सबुझ बानियाँले बताए । उनकाअनुसार पाँच ठाउँबाट सुरु भएको जेलुस १ बजे शान्ति बाटिकामा सभामा परिणत हुनेछ ।
भृकुटीमण्डप, पुतली सडक चोक, लैनचौर, बसन्तपुर, शहिदगेटबाट जुलुस सुरु गर्ने कांग्रेसले जनाएको छ । पाँचै क्षेत्रबाट रत्नपार्क पुगेको जुलुस बागबजार, पुतलीसडक कमलादी हुँदै शान्तिबाटिकामा गएर सभामा परिणत हुनेछ । जिल्ला कार्यसमितिले १० वटै क्षेत्रीय समिति, नगर समिति, भ्रातृ तथा शभेच्छु संस्थालाई आवश्यक तयारीका साथ उपस्थित हुन भनेको छ ।

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया