नेपालगञ्ज बजारमा जुम्लाको अर्गानिक स्याउ

नेपालगञ्ज- अर्गानिक मानिने भएकाले नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ । नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै बिक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ धेरै देखिन्छ ।
नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ बिक्रीमा व्यस्त छन् । जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउँदा सस्तो पर्ने गरेको छ । अहिले सुरुआती चरण भएकाले दैनिक दुई-तीन ट्रक स्याउ आउने गरेको व्यापारी बताउँछन् । नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल साग सब्जीको थोक मण्डीमा स्याउ आउने गरेको छ । मण्डीबाट फुटकर बिक्रेताले किनेर बजारमा बिक्री गरिरहेका छन् ।
नेपालगञ्ज बजारमा जुम्लाको स्याउ भर्खर आउन सुरु भएको हो । जुम्लाको स्याउसँगै नेपालगञ्ज बजारमा भारत र चीनको स्याउ पनि बिक्री हुने गरेको छ । जुम्लाको स्याउले नेपालगञ्जमा राम्रो बजार लिएपछि जुम्लाका किसानलाई पनि राम्रो फाइदा पुगेको छ ।
नेपाल फलफूल सागसब्जी व्यवसायी संघ नेपालगञ्जका सदस्य मेराइलाल साहु भन्छन्, 'जुम्लाबाट अहिले एकै जातको स्याउलाई तीन वर्गमा विभाजित गरी नेपालगन्ज पठाउने गरिएको छ ।'
नेपालगञ्ज आएका जुम्लाको स्याउ यहाँबाट बर्दिया र कैलालीसम्म पुर्याउने गरिएको छ । नेपालगञ्ज बजारमा अहिले जुम्लाको स्याउ रु १०० देखि १५० प्रतिकिलो बिक्री हुने गरेको फलफूल व्यापारी मोहम्मद नसिमले बताए । जुम्लाको स्याउ स्वादिलो र अर्गानिक हुने भएकाले पाएसम्म स्याउ पारखीले जुम्ली स्याउ नै रोज्दछन् । रासस

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_gbzzxT6oel_gbuq8p8jftqfra60naeyix7hwmhkmnlegfrnvtrv5i2o04luwxqa0g0kwtiv.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_WBbq55ZWIS_zhppa0ib3tatlpnof9rrrvvkcwy1mketph8n6yvpnnp0micvbag8hpzacjkp.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

प्रतिक्रिया