कैलाली र कञ्चनपुरमा गिद्ध सचेतना सम्बन्धी सप्ताहव्यापी कार्यक्रम गरिदै

कैलाली - सेप्टेम्बरको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउने गरिएको छ । सोही अवसर पारेर प्रकृतिको कुचिकार मानिने गिद्ध संरक्षण गर्ने उद्देश्यका साथ कैलाली र कञ्चनपुरको विभिन्न ठाउँमा गिद्ध सचेतना सम्बन्धी सप्ताहव्यापी कार्यक्रम गरिदैंछ ।
उचित संरक्षण र बासस्थानको अभावमा गिद्ध लोप हुने अवस्थामा पुगेको छ । सुदूरपश्चिम प्रदेशमा गिद्धको उपस्थिति राम्रो रहे पनि संरक्षणमा भने चुनौती थपिएको छ । गिद्धको गुँड मासिनेक्रम बढेकाले संरक्षणमा चुनौती थपिएको हो । प्रदेशको कैलाली, कञ्चनपुर र बैतडी जिल्लामा गिद्ध देखिने गरेकाले तीन जिल्लामा मात्रै गिद्धको गणना र अनुगमन गर्ने गरिएको छ ।
सो क्रममा कैलाली र बैतडीमा गुँड संरक्षणमा चुनौती रहेको पाइएको छ । कैलालीमा गिद्ध राम्रो सङ्ख्यामा देखिने गरे पनि गिद्धको गुँड भने घट्दो क्रममा रहेको गिद्ध संरक्षणमा क्रियाशिल हिरुलाल डङ्गौराले बताए । कैलालीको बेली, पटेला, अत्तरिया, खुटिया नदी लगायत चुरे क्षेत्रमा गिद्धको बसोबास रहेको छ ।
यस क्षेत्रमा रहेका राष्ट्रिय र सामुदायिक वनहरूमा गिद्धले गुँडसमेत लगाउने गरेको डगौराले बताए । यसैगरी, बैतडीमा आगलागीका कारण गुँड जलेर बच्चा मर्ने समस्या रहेको छ । भीरमा रहेका गिद्धको धेरैजसो गुँड आगलागी भएर जल्ने गरेको डङ्गौराले बताए । उनकाअनुसार गिद्धले बच्चा उडाउने बेलामै आगलागी समस्या हुने गरेको छ । ‘यो ठूलो चुनौती हो’, उनले भने ।
‘गत वर्ष पनि १३ गुँडमध्ये नौ गुँड जलेर त्यसमा रहेका बच्चा मरे ।’ बैतडीको पाटन, खोड्पे र झालापानीमा गिद्धको बसोबास रहेको छ । त्यहाँ गिद्धले भीरमा गुँड लगाउने गरेका छन् । कञ्चनपुरमा भने गिद्धको उपस्थिति र अवस्था राम्रो रहेको छ । त्यहाँ गिद्ध बढ्दै गएको बताइएको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, लालझाडीको पर्सिया, वनसाह र कञ्ज क्षेत्रमा गिद्ध पाइन्छन् । यो प्रदेशमा डङ्गर, सानो खैरो, गोब्रे, खैरो, सुनगिद्ध, हिमाली र राजगिद्ध रहेका छन् ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया