मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

काठमाडौँबाट सन्धिखर्क आउदै गरेको मिनीबस दुर्घटना, एक जनाको मृत्‍यु

बुटवल - अर्घाखाँचीको शितगंगा नगरपालिकामा मिनीबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । काठमाडौबाट सन्धिखर्क आउदै गरेको  बा ३ ख ८६३९ नम्बरको मिनीबस शनिबार बिहान  ५ बजे शितगंगा नगरपालिका-३ ठाडामा दुर्घटना भएको हो । 

दुर्घटनामा भुमिकास्थान ९  ढिकुराका  सञ्जय विकको मृत्यु  भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । घाइते ६ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिए । बस सडकबाट झन्डै ४ सय मिटर तल खसेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख थापाले बताए ।